काठमाण्डौ । आइएमई मोटर्सद्वारा प्रवर्द्धित अशोक लेल्यान्डले ग्राहकहरुलाई लक्षित गरी आफ्नो लोकप्रिय हलुका सवारीसाधन (लाइट कमर्सियल भेइकल) ‘दोस्त’ मा अटोमोबाइल क्षेत्रकै संभवत सबैभन्दा बढी ५ वर्षको वारेन्टी घोषणा गरेको छ।
यो सवारीसाधन उत्पादक कम्पनी आफैँले घोषणा गरेको वास्तविक वारेन्टी हो र एक्सटेन्डेड वारेन्टी होइन। यो कदम ग्राहकको सन्तुष्टि र ब्रान्डप्रतिको विश्वास बढाउनका लागि हो। यो नेपालको एलसीभी अर्थात लाइट कमर्सियल भेइकलको बजारमा सबैभन्दा प्रतिस्पर्धी वारेन्टीसमेत हो।
कम्पनीले प्रदान गर्ने घोषणा गरेको नयाँ वारेन्टी बेस्ट इन सेगमेन्ट हो। यसले दोस्तको पफर्मेन्स बढाउन सहयोग गर्ने सबै रेन्जका कम्पोनेन्टहरुलाई यसले कभर गर्नेछ। यो वारेन्टीअन्तर्गत इन्जिनका साथसाथै पावर स्टेयरिङ बक्स, पावर स्टेयरिङ पम्प, टर्बोचार्जर, फ्युल इन्जेक्सन पम्प र इन्जेक्टर, एयर कम्प्रेसर, इन्टरकुलर÷रेडिएटर कोर र कुलिङ फ्यान क्लचजस्ता प्रमुख उपकरण सबैमा कभर हुनेछ। यसका साथै गियरबक्स, रियर र फ्रन्ट एक्सलका साथै इन्जिन वायरिङ, स्टार्टर मोटर, अल्टरनेटर जस्ता इलेक्ट्रिकल कम्पोनेन्ट र इलेक्ट्रोनिक कम्पोनेन्ट युनिटसमेत कभर हुनेछ।
नयाँ अफरका बारेमा टिप्पणी गर्दै आइएमई मोटर्सका सीईओ हेमन्त पुराणिकले भने, ‘उत्पादक कम्पनीको ५ वर्षे वारेन्टी एलसीभी सेगमेन्टमै पहिलो र यो सेगमेन्टकै सबैभन्दा राम्रो हो। धेरै कम्पनीहरुले ३ वर्षे वारेन्टीमात्र उपलब्ध गराइरहेको सन्दर्भमा अशोक लेल्यान्डको यो अर्को ठूलो कदम हो, जसले आफ्नो उत्पादनमा विश्वसनियता बढाउनुका साथै ग्राहकलाई थोरै मूल्यमा आफ्नो सवारी साधन सञ्चालन गर्न सहयोग पुर्याउने छ। हाम्रो लाइट कमर्सियल भेइकलमा यस प्रकारको नयाँ वारेन्टी अफर उपलब्ध गराउन पाएकोमा हामी निकै नै खुसी छौँ, जसले गर्दा हाम्रा ग्राहकलाई आफ्नो सवारीसाधन अझै विश्वसनीय तरिकाले प्रयोग गर्न सहयोग गर्नुका साथै दीर्घकालीन सञ्चालन खर्चमा समेत कमी ल्याउन मद्दत गर्नेछ।’
सबै प्रमुख कम्पोनेन्ट समेट्ने व्यापक वारेन्टी प्याकेज प्रदान गरेर कम्पनीले आफ्ना ग्राहकलाई झन्झटमुक्त स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। परिष्कृत वारेन्टीले ब्रान्डको गुणस्तर र विश्वसनीयताप्रति प्रतिबद्धताको प्रमाणसमेत दर्शाउँछ।
नेपालभरका अशोक लेल्यान्डका सबै डिलरसिप र सर्भिस स्टेसनमार्फत उक्त वारेन्टी उपलब्ध हुनेछ। कुनै कारणले सवारीसाधनको स्वामित्वमा परिवर्तन भएको अवस्थामा समेत कम्पनीलाई सूचित गरेपछि तोकिएको अवधिको लागि सो वारेन्टी हस्तान्तरण हुनेछ।
यसका साथै कम्पनीले ग्राहकहरुलाई आफूले चाहेको कमर्सियल गाडीहरु खरिद गर्न सहयोग पुर्याउनका लागि सहज फाइनान्स सुविधाको समेत घोषणा गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago