काठमाण्डौ । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैन्डले काठमाण्डौमा एक कार्यक्रम गरी भाइकिङ २२२ मोडल बसका ग्राहकलार्ई च्यासिसहरु हस्तान्तरण गरेको छ। व्यावसायिक भ्रमणका लागि नेपाल आएका प्रेसिडेन्ट इन्टरनेसनल अपरेसन सञ्जय सारस्वत र सार्क राष्ट्रका रिजनल म्यानेजर तन्मय मित्रबाट संयुक्त रूपमा उक्त च्यासिसहरू हस्तान्तरण गरिएको हो।
च्यासिस हस्तान्तरण कार्यक्रममा संक्षिप्त मन्तव्य दिँदै प्रेसिडेन्ट सञ्जय सारस्वतले १० वटा बस एकैसाथ हस्तान्तरण गर्न पाउँदा ज्यादै खुशी लागेको बताउँदै आफ्ना ग्राहकसँग प्रत्यक्ष अन्तरक्रिया गर्न पाउनु कम्पनीका लागि अर्को महत्वपूर्ण प्रगति भएको उल्लेख गरे। नेपालमा भाइकिङ २२२ को बजारलाई अझै विकास गर्दै आक्रमक बनाउन सहयोग गगरेकोमा प्रेसिडेन्ट सञ्जयले धन्यवाद दिएका छन्। साथै आगामी दिनमा भिकिङ २२२ लाई अझै बढी प्रवद्र्घन गरी सहयोग गरिदिन प्रेसिडेन्ट सञ्जयले अनुरोध गर्नुभयो।
भाइकिङ २२२ रुट बसमा चल्ने बसमध्ये सबैभन्दा धेरै रुचाइएको बस हो। यसमा इनलाइन फ्युल पम्प हुनुका साथै एच सिरिज इन्जिन रहेको छ। जसले गर्दा इन्धन कम खपत हुन्छ। साथै, सबैभन्दा कम मर्मत खर्च लाग्छ।
भाइकिङ २२२ मा ओभर ड्राईभ गियर बक्सले काम गर्ने भएको हुँुदा १८० एच पी इन्जिनका साथमा द्रुत गतिको आरामदायी यात्रा गर्न सकिन्छ। रियर एर सस्पेन्सन, डाइरेक्ट ड्राइभ एसी, इनलाइन फ्युल पम्प साथै धेरै माइलेजले गर्दा यो गाडी अरु गाडीभन्दा फरक र विश्वासिलो रहेको छ।
नेपालमा हरेक लामो दूरी रुटमा भाइकिङ गाडीहरु चल्दै आएका छन्। अत्याधिक मागअनुसार कम्पनीले ग्राहकलाई विशेष सर्भिस पनि दिँदै आएको छ। आफ्ना १३ वटा सर्भिस नेटवर्कबाट सर्भिस लिन सकिने हुँुदा सजिलै पार्टस र सर्भिस पाउन सकिने कम्पनीले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago