काठमाण्डौ । पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाको मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ । यो क्रममा हालसम्म प्रतिनिधिसभातर्फका ३ क्षेत्रको अन्तिम मतपरिणाम आइसकेको छ भने प्रदेशसभातर्फ ८ स्थानमा नतिजा आइसकेको छ । 

प्रतिनिधिसभातर्फ अन्तिम नतिजा सार्वजनिक ३ वटा क्षेत्रमध्ये २ वटामा एमाले र एउटामा माओवादी केन्द्रले जित हासिल गरेका छन् । 

प्रदेशसभातर्फ भने ४ स्थानमा एमाले, २ स्थानमा माओवादी, एक स्थानमा कांग्रेस र एक स्थानमा एमाले समर्थित स्वतन्त्र उम्मेद्वारले बाजी मारेका छन् । 

हालसम्म कहाँ कसले जित हासिल गरे ? हेरौं सूचि:
 
प्रतिनिधिसभा सदस्यतर्फ विजयीहरु
१.मनाङःपोल्देन छोपाङ गुरुङ,नेकपा एमाले
२.मुस्ताङः प्रेम तुलाचन, नेकपा एमाले
३. रुकुम पूर्वः कमला रोक्का, माओवादी केन्द्र

प्रदेशसभातर्फका बिजयी
१. मुस्ताङ १ः इन्द्रधारा विष्ट,नेकपा एमाले
२. मुस्ताङ २ःमहेन्द्रवहादुर थकाली,नेकपा एमाले
३. म्याग्दी २ः नरदेवी पुन मगर,नेकपा एमाले
४.डोल्पा १ः नन्दसिंह बुढा मगर,नेकपा एमाले
५.रुकुम पूर्व १ःतेजवहादुर ओली,माओवादी
६.रुकुम पूर्व २ःपूर्णवहादुर घर्ती, माओवादी
७. मनाङ १ः चिन्तबहादुर घले,नेपाली कांग्रेस
८. मनाङ २ः राजिव गुरुङ, एमाले समर्थित स्वतन्त्र