काठमाण्डौ । तिलगंगा आँखा प्रतिष्ठानले माघ ४ गतेदेखि अर्बीटल फ्रयाक्चर पुर्नस्थापना कार्यशाला सञ्चालन गर्ने भएको छ । 

कार्यक्रममा ओकुलोप्लास्टिक सर्जन, नेत्र रोग विशेषज्ञहरू, र म्याक्सिलोफेसियल सर्जनहरू समेटिने गरी करिब १०० जना सहभागि हुनेछन् ।  

पहिलो पटक आयोजना हुुन लागेको पुर्नस्थापना कार्यशालालाई नेसनल युनिभर्सिटी हस्पिटल, सिंगापुरका प्रसिद्ध ओकुलोफेसियल सर्जन डा. गंगाधर सुन्दरको नेतृत्वमा अकुलोप्लाष्टिक तथा अकुलर अंकोलोजी सर्जन डा. पूर्णिमा राजकर्णिका र स्थापित, म्याग्जीलोफेसियल सर्जन प्रा.डा. आलोक सग्तानी, वरिष्ठ अकुलोप्लाष्टिक सर्जन प्रा. डा. रोहित सैजुको टोलीले कार्यशाला सञ्चालन गर्नेछन् ।  

ओस्टियोपोर र टाइटेनियम प्लेटहरू जस्ता विभिन्न सामग्रीहरू प्रयोग गरेर फ्रयाक्चर पुर्नस्थापना शल्यक्रियाको प्रत्यक्ष प्रसारण भई त्यसका छलफल गर्नु नै कार्यशालाको मुख्य उदेश्य रहेको प्रतिष्ठानले जनाएको छ ।  

सर्जिकल कार्यशाला समापन भएपछि सोहि दिन अर्बिटल ट्रमाका चुनौतीपूर्ण केसहरूमा निरन्तर चिकित्सा शिक्षा सत्र आयोजना हुनेछ । जँहा शल्यचिकित्सकहरूले उत्तम सम्भावित व्यवस्थापनको जटिल केसहरुमा छलफल गर्नेछन् ।