काठमाण्डौ । विप्रो जीई हेल्थकेयर एक अग्रणी विश्वव्यापी चिकित्सा प्रविधि, डायग्नोस्टिक्स, र डिजिटल समाधान आविष्कारकले आज दुर्गम स्थानहरुमा पहुँच पुग्ने हिसाबले प्वइन्ट–अफ–केयर वृद्धि गर्न भी स्क्यान एइर सुरु गर्ने घोषणा गरेको छ।
वायरलेस, ह्यान्डहेल्ड अल्ट्रासाउन्ड प्रणाली प्वइन्ट–अफ–केयरमा सम्पूर्ण शरीर स्क्यानिङ सक्षम गर्न डिजाइन गरिएको हो जसले स्वास्थ्य सेवालाई सशक्त बनाउँदै विभिन्न हेरचाह सेटिङहरुमा कम लागतमा आत्मविश्वासका साथ छिटो निर्णयहरु गर्न पेशेवरहरुलाई मद्दत गर्दछ।
नेपालमा, मृत जन्म र प्रारम्भिक नवजात मृत्युदर सहित १.४६% जन्महरुमा सुत्केरीको मृत्यु हुन्छ।नेपाल सरकारको नवजात शिशु र मातृ मृत्युदरलाई प्राथमिकता दिने र थप सुधार गर्ने दृष्टिकोण छ। जीई हेल्थकेयरको अत्याधुनिक सिग्नलम्याक्स टेक्नोलोजीको यो नवीन उपकरणले स्पष्ट ईमेजहरु प्रदान गर्दछ, जसले एक चिकित्सकका लागि डायग्नोसिसमा आत्मविश्वास पैदा गर्दछ। भी स्क्यान एयरको द्रुत र सही डायग्नोसिस गर्ने क्षमताले हेरचाहको बिन्दुमा मातृ र शिशु स्वास्थ्य सेवामा राम्रो निर्णय लिने अवसर प्रदान गर्दछ।
जीई हेल्थकेयर दक्षिण एशियाका अध्यक्ष र सीईओ तथा विप्रो जीई हेल्थकेयरका प्रबन्ध निर्देशक चैतन्य सरवटेले भने, ‘हाम्रो दृष्टि प्रत्येक बिरामीलाई एकीकृत, कुशल, र अति व्यक्तिगत रुपमा हेरचाह प्रदान गर्ने हो। चिकित्सकहरुका लागि जहाँ पनि र जुनसुकै समयमा कुशल हेरचाह प्रदान गर्न सक्ने स्मार्ट उपकरणहरुको बढ्दो आवश्यकता छ। भी स्क्यान एयर, यसका लागि उदाहरणीय र भविष्यको स्वास्थ्य सेवाको अवस्थाका लागि पनि एक अग्रगामी कदम हो।’
नेपाल एनेस्थेसियोलोजी समाज (सान)का अध्यक्ष तथा मणिपाल शिक्षण अस्पताल, काठमाडौंका एनेस्थेसिया विभाग प्रमुख डा. अमिरबाबु श्रेष्ठले भने, ‘क्रिटिकल केयर मेडिसिनमा काम गर्दागर्दा, म ढुक्कसँग भन्न सक्छु कि भी स्क्यान अविश्वसनीय रुपमा सुविधाजनक र मूल्यवान उपकरण हो। यो स्टेथोस्कोप जस्तै हाम्रो दैनिक कामको अभिन्न अंग बनिसकेको छ। यस अल्ट्रासाउन्ड यन्त्रको पोर्टेबिलिटी विशेष गरी नेपालमा लाभदायक छ, जहाँ स्क्यानका लागि बिरामीहरुलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान चुनौतीपूर्ण हुन्छ। मलाई विश्वास छ यसको विभिन्न चिकित्सा क्षेत्रहरुमा दीर्घकालीन प्रयोगका लागि ठूलो सम्भावना छ।’
क्रिटिकल केयर मेडिसिन विभाग, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाण्डौका एसोसिएट प्रोफेसर डा. जेन्टल एस श्रेष्ठले भने, ‘नेपालजस्ता सीमित संसाधन भएका क्षेत्रहरुमा जीवनको अन्तिम अवस्थाको हेरचाहको विस्तारित स्पेक्ट्रमका लागि थप इकाइहरु र अनुसन्धान चाहिन्छ। यस मेसिनको पोर्टेबिलिटी र कम लागतले हामीलाई धेरै मानिसहरुलाई तालिम दिन सक्षम बनाउँदै नयाँ सम्भावनाहरुको ढोका खोल्छ र अन्ततः धेरै जीवन बचाउन मद्दत गर्छ। हाम्रो अनुभवमा दुबै रैखिक र कर्भीलिनियर क्षमताहरु भएको डायनामिक प्रोब धेरै मूल्यवान साबित भएको छ। यो सानो तर शक्तिशाली उपकरण एकदम फिट छ, विशेष गरी साना अस्पतालहरुका लागि जहाँ यसलाई विभिन्न विभागहरुमा प्रयोग गर्न सकिन्छ। आपतकालीन वार्डदेखि एनेस्थेसियासम्म र क्रिटिकल केयरका अवस्थाहरुमा, यसको प्रयोगको सम्भावना विशाल छ। यो महत्वपूर्ण परिस्थितिहरुका लागि सीपीआरजस्तै गेम चेन्जर हो, जहाँ अल्ट्रासाउन्डले ठूलो फरक पार्न सक्छ।’
भी स्क्यान एयर एक टच स्क्रिन इन्टरफेस र टेक्नोलोजीको सहयोगमा व्यक्तिगत र सहज रोगी स्क्यानिङको सुविधाका लागि ईन्टेलिजेन्ट एप्लिकेसन्ससँग डिजाइन गरि सटीक रुपमा बनाइएको छ। अहिलेसम्म, उच्च गुणस्तरका ईमेजहरुका ठूलो र महँगो हार्डवेयर आवश्यक पर्दथ्यो। ह्यान्डहेल्ड अल्ट्रासाउन्डका लागि यो सानो हो र एर्गोनोमिक उपकरणहरु कम गुणस्तरको ईमेजमा आउँछन्। भी स्क्यान ऐरले यी सबैलाई इमेजको गुणस्तरमा सम्झौता नगर्ने प्रविधिमा राख्छ।
बिरामीको अनुभव र अल्ट्रासाउन्ड टेक्नोलोजीमा पहुँचलाई पुनः परिभाषित गर्दै – बिरामीहरुलाई समावेश गर्दै वास्तविक–समय छविहरु साझेदारी गर्दै र बिरामीहरुसँग तस्बिरहरु पठाउन, जस्तो कि हेर्नुहोस्, स्न्याप गर्नुहोस्, पठाउनुहोस्।
आजसम्म चिकित्सकहरुमाझ भी स्क्यान उत्पादन सुइटबाट निर्मित ५० हजारभन्दा बढी प्रणालीहरु छन्। जसले विश्वव्यापी रुपमा अनुमानित १०० मिलियन भन्दा बढी बिरामीहरुको हेरचाहलाई प्रभावित गर्दछ। भी स्क्यान ऐर विश्वभरका १०० भन्दा बढी चिकित्सकहरुसँग मिलेर चिकित्सकहरुका लागि ग्राहकहरुको आवश्यकताहरु पूरा गर्न विकसित गरिएको छ। एक वायरलेस ह्यान्डहेल्ड अल्ट्रासाउन्ड प्रणाली चिकित्सकहरुलाई प्रदान गरेर जीई हेल्थकेयरले स्वास्थ्य सेवा पेशेवरहरुलाई असाधारण बिरामी हेरचाहका लागि सशक्त बनाउन जारी राखेको छ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago