काठमाण्डौ । नेपालीहरुको खराब जीवनशैलीका कारण यहाँका मानिसहरुमा डायबिटिज(सुगर) लगायतका स्वास्थ्य समस्या बढ्न थालेको कतिपयले दाबी गर्ने गर्छन् । तर, विश्वका विभिन्न देशका आँकडाहरुलाई हेर्ने हो भने यो भनाई गलत साबित हुनेछ । 

तपाईलाई अचम्म लाग्नसक्ला, नेपालभन्दा अमेरिका, चीन, मेक्सिको, साउदी अरेबिया, मलेशिया, भारत, पोर्चुगल, ब्रजिल जस्ता देशमा डायबिटिजको समस्या विकराल रहेको छ । 

विश्वका कयौं देशहरुको तुलनामा नेपालमा डायबिटिजबाट पीडितहरुको संख्या निकै नै कम देखिएको छ । 

वल्र्ड अफ स्टाटिस्टिकले प्रकाशित गरेको एक आँकडा अनुसार नेपालमा कुल जनसंख्याको ८.७ प्रतिशतलाई डायबिटिजको समस्या छ । 

तर, अमेरिकामा त्यहाँको कुल जनसंख्याको १०.७ प्रतिशतलाई डायबिटिजको समस्या छ । 

सबैभन्दा बढी पाकिस्तानका नागरिकहरुमा डायबिटिजको समस्या देखिएको छ । त्यहाँको कुल जनसंख्याको ३०.८ प्रतिशतमा डायबिटिजको समस्या छ । 

मेक्सिकोमा १६.९ प्रतिशत, चीनमा १०.६ प्रतिशत, स्पेनमा १०.३ प्रतिशत, भारतमा ९.६ प्रतिशत, पोर्चुगलमा ९.१ प्रतिशत, ब्रजिलमा ८.८ प्रतिशत जनसंख्याले डायबिटिजको समस्या भोगिरहेको छ । 

डायबिटिजको समस्याले सताएका देशहरुको  सूचीमा नेपाल ८६ औं स्थानमा छ । 

नाइजेरिया १८६ औं स्थानमा छ । यो देशमा कुल जनसंख्याको ३.६ प्रतिशतमा मात्र डायबिटिजको समस्या रहेको छ । 

इथोपियामा ५ प्रतिशत, केन्यामा ४ प्रतिशत जनसंख्यामा डायबिटिज रहेको छ । 

फ्रान्स, अर्जेन्टिना, रसिया, भियतनाम, न्यूजील्याण्ड, बेलायत, इटली, अष्टेलिया, जापान, दक्षिण कोरिया, फिलिपिन्स, क्यानडा, उत्तरकोरियाका नागरिकहरुमा नेपालमाभन्दा कम डायबिटिजको समस्या देखिएको छ । 

विभिन्न देशहरुमा डायबिटिजको अवस्था कस्तो छ ? सूची हेर्नुहोस्: