काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्सले सोलुखुम्बुको भत्ताले गुठीभवनमा क्षति मूल्यांकनकर्ता तालिम सञ्चालन गरेको छ।
बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्छी बीमा क्षति मूल्यांकनकर्ताको व्यवस्था गर्न कृषि तथा पशुपन्क्षी बीमाका लागि कम्पनीका लागि तोकिएका जिल्लाहरु सोलुखुम्बु र ओखलढुंगाका सहभागीलाई एकै स्थानमा समावेश गरी कात्तिक २८ देखि ३० गतेसम्म तालिम सञ्चालन गरिएको हो। तालिम बीमा समितिको प्रतिनिधिको रोहवरमा सम्पन्न भएको थियो। तालिममा १५ जनाको सहभागिता थियो ।
क्षति मूल्यांकनकर्ताको तालिमपश्चात कृषि तथा पशुपन्छी बीमाको क्षतिका लागि तोकिएको सीमाभन्दा बढीको क्षतिमा क्षति मूल्यांकनकर्ताले मूल्यांकन गरी दावी भुक्तानी गर्ने व्यवस्थाबाट कृषि तथा पशुपन्छी बीमामा उल्लेख रुपमा सुधार भई कम्पनीले ग्राहकलाई बीमा सेवा प्रदान गर्न सहज हुने अपेक्षा कम्पनीले लिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19