काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंक–बीवाईडीबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ।
सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र साइमेक्स इंक– बीवाईडीका सहायक महाप्रबन्धक आकाश विक्रम थापाले हस्ताक्षर गरेका छन्। आइएमई जनरल इन्स्योरेन्सबाट बीवाईडी ब्रान्डका सवारीसाधनको बीमा गरेका ग्राहकले कुनै पनि किसिमको दुर्घटना परी सवारीसाधनको क्षति भएमा नक्सालस्थित साइमेक्स इंकको सहकार्यमा विभिन्न सेवा सहज प्राप्त गर्न सक्ने गरी यो सेवा शुभारम्भ गरिएको छ।
साइमेक्स इंकबाट बिक्रीवितरण हुने बीवाईडी ब्रान्डका सम्पूर्ण सवारीसाधनको बीमा आइएमई जनरल इन्स्योरेन्स गर्ने र बीमापश्चात कुनै पनि दुर्घटनामा परी क्षति भएमा सोको सहज र सरल तरिकाबाट नगदरहित दाबी भुक्तानी गर्ने गरी दुवै कम्पनीबीच सम्झौता भएको छ।
कम्पनीबाट बीमा भएको चारपांग्रे निजी सवारीसाधनको दुर्घटना हुन गई सवारीसाधन क्षतिग्रस्त भई मर्मतसम्भार गर्नुपर्ने भएमा साइमेक्स इंकको मर्मत केन्द्रमा उक्त क्षतिग्रस्त सवारीसाधन मर्मतसम्भारका लागि लगिएमा सो मर्मतसम्भारबापत लाग्ने खर्च बीमा कम्पनीले साइमेक्स इंकलाई सीधै भुक्तानी गरी लामो दाबी प्रक्रियालाई सहज, सरल र झन्झटमुक्त बनाउने उदेश्यले यो सम्झौता गरिएको छ।
यसरी सहज र सरल रुपमा सवारीधनीहरुले नगदरहित दाबी सेवा प्राप्त गर्न सक्ने हुनाले बीमा गर्दा र दाबी पर्दा सहज सेवा प्रदान गर्ने गरी दुवै कम्पनीबीच सेवा सम्झौता भएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19