काठमाण्डौ । दसैँ, तिहार, छठ र नेपाल संवतजस्ता चाडपर्वका अवसरमा आइएमईले आम सेवाग्राहीलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी दसैँ अफरअन्तर्गत पहिलो हप्ताका विजेता सार्वजनिक गरेको छ।

काठमाण्डौ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा बिहीबार फेसबुक लाइभमार्फत सार्वजनिक गरिएको नतिजाअनुसार सेवाग्राही रोशन शर्मा र अलिसा बराल साप्ताहिक विजेता छनोट भएका छ। रिया फानान्सियल सर्भिस बेल्जियम र अस्ट्रेलियाबाट पैसा पठाउने विजेताद्वयले जनही रु. २५ हजार प्राप्त गर्नेछन्। 

त्यस्तै सेवाग्राही कृष्णप्रसाद भुसाल, बोमबहादुर थापा मगर, महेन्द्र मल्ल, निर्मल, शितलकुमार महतो, कृष्णकुमार कटुवाल र मनोज मेयाङ्बो दैनिक विजेता छनोट भएका हुन्। उनीहरु प्रत्येकले १–१ सेट सामसुङ मोबाइल उपहारस्वरुप प्राप्त गर्नेछन्। 

‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातै’मा नामक थिममा आधारित रही यस पटकको स्किम सञ्चालन हुनेछ। अफरअनुसार विदेशबाट आइएमईमार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीमध्ये दैनिक एकजनालाई सामसुङ मोबाइल उपहारस्वरूप प्रदान गरिनेछ। यसका साथै हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही रु. २५ हजार उपहारस्वरुप प्रदान गरिनेछ। 

त्यस्तै अफर अवधिमा एकजना भाग्यशाली विजेतालाई रु. १० लाख उपहारस्वरुप प्रदान गरिनेछ। 

कुल ८२ जना सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने यस अफर ‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने मुख्य थिममा आधारित हुनेछ। यो अफर यही भदौ १६ गतेदेखि कात्तिक १६ गतेसम्म कुल ९ हप्ता अर्थात ६३ दिन कायम हुनेछ।

यस योजनासम्बन्धी विस्तृत जानकारीका लागि कम्पनी आधिकारिक वेभ पेज, केन्द्रीय कार्यालय, विदेशस्थित सम्पर्क कार्यालय, नेपालका सम्पूर्ण क्षेत्रीय सम्पर्क कार्यालयका अतिरिक्त सम्पूर्ण व्यावसायिक साझेदारसँग उपलब्ध हुनेछ। अफरलाई व्यवस्थित ढंगले सञ्चालन गर्नका लागि कम्पनीले सञ्चालन गरेका सेवा र सर्तहरुको अक्षरस पालन गर्नु गराउनुपर्ने कम्पनीले जनाएको छ। 

अफर अवधिका विजेता सिस्टममा आधारित लक्की ड्रमार्फत सार्वजनिक गरिनेछ भने नतिजा कम्पनीका आधिकारिक सामाजिक सञ्जाल पेज तथा मिडियामार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ।