काठमाण्डौ । दसैँ, तिहार, छठ र नेपाल सम्वतजस्ता चाडपर्वका अवसरमा आइएमईले आमसेवाग्राहीलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी दसैँ अफरअन्तर्गत पाँचौँ र छैटौँ हप्ताका विजेता सार्वजनिक गरेको छ।

बिहीबार काठमाण्डौ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभमार्फत सार्वजनिक गरिएको नतिजाअनुसार कुवेत र संयुक्त अरब इमिरेट्सबाट आइएमईमार्फत पैसा पठाउने सेवाग्राही क्रमशः सान्त्वना धोधरी र जीतमान गोम्बो तमाङ पाँचौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन्। 

त्यस्तै पदमकुमारी विक र किशोर तमाङ छैटौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छ। उनीहरुले क्रमशः ओमान र मलेसियाबाट आइएमईमार्फत नेपालमा रहेका आफन्तलाई यो अफर अवधिमा पैसा पठाएका थिए। चारैजना साप्ताहिक विजेताले जनही रु. २५ हजार प्राप्त गर्नेछन्। 

त्यस्तै सेवाग्राही अहम्मद अब्दुल्ला खामिस अल हसामी, प्रेमप्रसाद बाँस्कोटा, सविन थोप्रा, सञ्जीवकुमार शाह, आशीष सोनाम, नइन्द्र गुरुङ र रबी बडुवाल पाँचौँ हप्ताका लागि दैनिक विजेता छनोट भएका हुन्। उनीहरुले क्रमशः ओमान, कुवेत, मलेशिया, युएई, जापान र इन्डियाबाट आइएमईमार्फत नेपालमा रहँदै आएका आफन्तलाई यो अफर अवधिमा पैसा पठाएका थिए। 

त्यसैगरी मदनलाल कालुराम, देवबहादुर बकावल, वीरेन्द्रकुमार तुम्बापो, देवलाल मेल्हे, लोक रसाइली, इर्साद अली खान र खेमबहादुर लिम्बू छैटौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका हुन्। उनीहरुले क्रमशः कुवेत, मलेसिया, बहराइन, संयुक्त राज्य अमेरिकाबाट नेपालमा रहेका आफन्तलाई यो अफर अवधिमा पैसा पठाएका थिए। उनीहरु प्रत्येकले एक–एक सेट सामसुङ मोबाइल उपहारस्वरुप प्राप्त गर्नेछन्। 

आइएमई दसैँ अफर २०७९

आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थिममा आधारित रही यसपटकको स्किम सञ्चालन हुनेछ। अफरअनुसार विदेशबाट आइएमईमार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीमध्ये दैनिक एकजनालाई सामसुङ मोबाइल उपहार स्वरूप प्रदान गरिनेछ। 

यसका साथै हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही रु. २५ हजार उपहारस्वरुप प्रदान गरिनेछ। त्यस्तै अफर अवधिमा एकजना भाग्यशाली विजेतालाई रु. १० लाख उपहारस्वरुप प्रदान गरिनेछ। 

कुल ८२ जना सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने यस अफर ‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने मुख्य थिममा आधारित हुनेछ। यो अफर भदौ १६ गतेदेखि आउँदो कात्तिक १६ सम्म कुल ९ हप्ता अर्थात ६३ दिन कायम हुनेछ।

यससम्बन्धी विस्तृत जानकारीका लागि आइएमईको आधिकारिक वेभ पेज, केन्द्रीय कार्यालय, विदेशस्थित सम्पर्क कार्यालय, नेपालका सम्पूर्ण क्षेत्रीय सम्पर्क कार्यालयका अतिरिक्त सम्पूर्ण व्यावसायिक साझेदारसँग उपलब्ध हुनेछ। अफरलाई व्यवस्थित ढंगले सञ्चालन गर्नका लागि कम्पनीले सञ्चालन गरेका सेवा र सर्तहरुको अक्षरस पालन गर्नु गराउनुपर्नेछ।

अफर अवधिका विजेता सिस्टममा आधारित लक्की ड्रमार्फत सार्वजनिक गरिनेछ भने नतिजा कम्पनीका आधिकारिक सामाजिक संजाल पेजहरु तथा मिडियामार्फत सार्वजनिक गरिनेछ।

आइएमई लिमिटेड

आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्ध यस कम्पनीले सेवा शुभारम्भको २१औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २२५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सबएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरुले दुःखगरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ। 

आइएमई डिजिटल सोलुसन लिमिटेड

‘आइएमई पे’ आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालका माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो। यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो।

आइएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैँले अथवा एजेन्टहरुको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्नेछन्। यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बिलहरु भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ।

आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ सुविधा प्राप्त नेपालीलगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। मोबाइल वालेटमा ब्याज र क्यासब्याकको पनि सुविधा उपलब्ध छ। विभिन्न प्रकारका बिल भुक्तानी एवं जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो।