काठमाण्डौ । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आइएमई पे’ एप डाउनलोड गर्ने सेवाग्राहीको संख्या १० लाखभन्दा बढी पुगेको छ। योसहित एप डाउनलोड गरेर आफैँ वा एजेन्टको सहयोगमा आइएमई पेबाट ३० लाखभन्दा बढी सेवाग्राही लाभान्वित हुँदै आएका छन्।
डाउनलोड १० लाख पुगेको अवसरमा ‘आइएमई पे’ बाट मोबाइल टप–अप गर्ने एकजना भाग्यशाली विजेतालाई एउटा ‘वान प्लस’ मोबाइल सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत उपहारस्वरूप प्रदान गर्ने कम्पनीले घोषणा गरेको छ। यो योजना आजैबाट सुरु भई अक्टोबर १५ सम्म कायम हुनेछ।
विद्युतीय कारोबारलाई प्राथमिकता दिने सरकारी नीतिअनुरूप कम्पनीले आफ्नो सेवालाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउँदै लगेको छ। कम्पनी स्थापनाको छोटै समयमा ३० लाखभन्दा बढी घरपरिवारसम्मको पहुँचमा पुग्न सक्नु आफ्नो कम्पनीको उल्लेख्य सफलता भएको आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेमराज ढकाल बताउँछन्। ‘आमसेवाग्राहीको विश्वास, आवद्ध व्यावसायिक साझेदारहरूको प्रयास र कर्मचारीहरूको लगनशीलता यो पहुँच विस्तारको मुख्य कारण रहेकाले यसको सम्पूर्ण श्रेय उहाँहरुलाई नै जान्छ’, उनले भने।
नेपालमा भर्खरै विकास हुँदै आएको डिजिटल कारोबार अहिले समयको माग हो। एप मार्फत प्राप्त गर्न सकिने सेवालाई विविधीकरण गर्दै सेवाग्राहीको मागअनुरूपका सेवा थप गर्ने कार्यमा कम्पनी निरन्तर आगाडि बढिरहेको छ। पछिल्लो समयमा फैलिएको कोरोनाभाइरस (कोभिड– १९) का कारण सामाजिक दूरी कायम गर्नुपर्नेजस्ता सुरक्षा सतर्कतालाई मध्यनजर गर्दै रेमिटेन्सलगायतका थुप्रै सेवा सेवाग्राहीको पहुँचमा पुर्याउन र ए मार्फत सुरक्षित तरिकाले सेवा उपभोग गर्न प्रोत्साहित गर्न ‘आइएमई पे’ ले आक्रामक रूपमा बजार विस्तार गर्दै आइरहेको छ।
कम्पनी ब्रान्ड, सन्तुष्ट सेवाग्राही, समयसमयमा ल्याइने सेवाग्राहीमुखी अफर र स्वदेश तथा विदेशमा विद्यमान व्यापक व्यवसायिक संजालको सुविधाले पनि ‘आइएमई पे’ ले डिजिटल वित्तीय सेवामा आफ्नो अब्बल उपस्थिती जनाउँदै आएको छ।
झन्डै ३० हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो। यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो।
आइएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्नेछन्। यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बिलहरू भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।
आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ सुविधा प्राप्त नेपालीलगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19