काठमाण्डौ । आइएमई ग्रुपद्वारा प्रवर्द्धित नेपालको सबैभन्दा विश्वासिलो र बृहत् एजेन्ट सञ्जाल भएको आइएमई र विगत दुई दशकदेखि विद्यार्थीको सिकाइलाई ई–लर्निङमार्फत सहज बनाउने कार्य गर्दै आएको मिदास एजुकेसन प्रालिसँगको सहकार्यमा ई–लर्निङ  प्रवर्द्धन अभियान सुरु गरेको छ। 

यो अभियान २२ मार्च २०२२ देखि १४ मे २०२२ (८ चैत २०७८ देखि ३१ वैशाख २०७९) सम्म जम्मा ५४ दिनका लागि लागू गरिएको छ। 
यस अभियानमा नेपालमा सफलतापूर्वक विदेशबाट आइएमईमार्फत रकम पठाउँदा भुक्तानी गरिसकेपछि आइएमईका अन्तर्राष्ट्रिय साझेदारहरुबाट डाउनलोड लिंकसहितको एसएमएस र लाभार्थीलाई प्रोमो कोड पठाइनेछ। लाभार्थीले त्यसपछि आफ्नो मोबाइलमा प्राप्त लिंकमा क्लिक गरेर मिदास ई–क्लास सरलीकरण शिक्षा एप इन्स्टल गर्न सक्नेछन्। 

एप डाउनलोड गरिसकेपछि प्रापकले निःशुल्क ई–लर्निङ प्राप्त गर्न प्रोमो कोड प्रयोग गर्न सक्छन् र सोही कोड प्रयोग गरेर कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीले मात्र निःशुल्क पढ्न पाउनेछन्।  

सरकारी तथा निजी विद्यालयमा पढ्ने सबै बालबालिकाले शिक्षक–शिक्षिका र अभिभावकको रेखदेखमा मात्रै पढाइलाई अगाडि बढाइरहेका हुन्छन्। तर, ई‐क्लासले पाठअनुसारका गेम, भिडियो, चित्र र चित्रअनुसारको आवाज, एनिमेनसन र इलुस्ट्रेसनले बालबालिकाको ध्यान पढ्नमा आकर्षित गर्छ। अडियो र भिडियो माध्यम पाठ्यसामग्रीमा प्रयोग गर्दा विद्यार्थीलाई रमाइलो पनि हुन्छ। 

मिदास ई–क्लासमा बालबालिका सिक्नका लागि थप उत्सुक हुनुका साथै स्वअध्ययन गर्ने बानीको पनि विकास हुँदै जान्छ भन्ने विश्वासका साथ सोही अभियान सुरु गरिएको हो।

नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीको पढाइसम्बन्धी सम्पूर्ण समाधान रहेको मिदास ई–क्लासमा किताबका पाठअनुसारका विभिन्न भिडियो हेर्दै, गेम खेल्दै रमाइलोसँग आफैँ पढ्न पाइने व्यवस्था मिलाइएको छ र पढ्दा केही नबुझेमा, नजानेमा वा गृहकार्य गर्न कठिनाइ भएमा मिदास ई–क्लासमा उपलब्ध शिक्षकहरुसँग तुरुन्त सोध्दै सिक्न पाइन्छ। अनलाई ट्युसन पनि पढ्न पाइन्छ भने आफूले पढेको कति बुझियो मिदास ई–क्लास एपबाटै थाहा पाउन सकिन्छ। 

परीक्षाको तयारीका लागि अनलाइन इक्जाम प्रिपेरेसन ट्युसन क्लासको पनि व्यवस्था मिलाइएको छ भने मनोरञ्जनका लागि हबी क्लबअन्तर्गत आर्ट क्लास, डान्स क्लास, भायोलिन क्लास, गितार क्लास र किबोर्ड क्लास नियमित रुपमा सञ्चालन हुन्छ। 

मिदास ई–क्लास कम्प्युटर, ल्यापटप, ट्याबलेट वा स्मार्ट फोनमा रजिस्टर गरेर प्रयोग गर्न सकिन्छ साथै सोही एपमार्फत जति धेरै पढ्यो त्यति धेरै क्वाइन र गिफ्ट रिवार्डस्वरुप पाइन्छ।

आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व आइएमईले सेवा शुभारम्भको २१ औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २३१ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब ३५ हजार सबएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ।