काठमाण्डौ । रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई  र यूएईको अस्ट्र टेकद्वारा प्रवर्द्धित बोटिम अल्ट्रा एप बीच नेपालमा रकम पठाउन र डिजिटल रेमिटेन्स सेवा प्रवर्द्धन गर्ने समझदारी भएको छ ।
 
सम्झौता अनुसार यूएईको केन्द्रीय बैङ्कबाट  इजाजत पत्र प्राप्त  बोटिम अल्ट्रा एपमार्फत्  आइएमई  पेमा सोझै रकम पठाउन सकिने गरि डिजिटल रेमिटेन्सलाई प्रर्वद्धन गर्न दुवैले सहकार्य गर्ने छन् ।

उक्त अवसरमा आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले यस रणनीतिक सहकार्य मार्फत डिजिटल वित्तीय समावेशितालाई थप प्रवर्द्धन गर्न मद्धत मिल्ने बताए । 

अस्ट्र टेकका प्रमुख व्यापार अधिकृत मार्क मिशेलले आइएमई नेपालसँगको साझेदारीबाट उत्साहित रहेको बताउँदै  वित्तीय सेवालाई  सबैका लागि थप पहुँच योग्य बनाउन  यो महत्त्वपूर्ण कदम रहेको बताए ।