काठमाण्डौ । इन्टरनेसन मनी एक्सप्रेस (आइएमई) स्थापना २२ औँ वर्षको प्रवेश गरेको छ।

आजभन्दा ३ दशकअगाडि संस्थापकहरुको जापान बसाइ र त्यहाँ उनीहरुले देखेका र भोगेका अनुभवहरुबाट सुरु भएको आइडियाले सन् २००१ मा आइएमई स्थापना भएको हो। त्यसपछि नेपाल राष्ट्र बैंक र बैंक निगाराबाट स्वीकृतिपछि रेमिट््यान्स व्यवसाय सुरु भयो।

सुरुमा जापान र मलेसियाबाट काम गर्ने गरी राष्ट्र बैंकबाट स्वीकृति पाए पनि आइएमईले मलेसियाबाट रेमिट्यान्सको काम सुरु गर्यो। त्यसलगत्तै कतार, साउदीलगायत ५ वटा देशबाट रेमिट्यान्सको काम सुरु गरिएको कम्पनीले जनाएको छ।

वैदेशिक रोजगारीमा बहार आए पनि रेमिट्यान्स भित्र्याउने कम्पनीको सीमितता, असुरक्षाका बीच आइएमईको उदय भएको थियो। आइएमई अरुको नक्कल नभई वास्तविक बजार अनुसन्धान तथा उद्यमशीलताको अनुपम उदाहरण हो। आइएमईको सफलता श्रम निर्यात गर्ने अरु मुलुकका लागि पनि उदाहरणीय र नेपालामा औपचारिक माध्यमबाट रेमिट्यान्स भित्र्याउन आइएमईको भूमिका महत्वपूर्ण रहेको छ। 

यो कम्पनी ३ पटक लगातार सीआईपी अवार्डबाट सम्मानित भइसकेको छ। कम्पनीका ७७ वटा जिल्लामा ३५ हजार जति एजेन्ट तथा सबएजेन्ट छन्। 
संस्थागत सामाजिक उत्तरदायित्वमा सधैं अगाडि आइएमईले नेपालमा सयौँ व्यक्ति स्वउद्यम बनाउन सहयोग गरेको छ। 

अहिले आइएमईमा प्रत्यक्ष र अप्रत्यक्ष गरी ४० हजार रोजगारीमा छन्। नेपालमा भित्रिने रेमिट्यान्समा करिब ३० प्रतिशत जति आइएमईको योगदान रहेको छ।