काठमाण्डौ। आइएमई ग्रुपअन्र्तगत सञ्चालित आइएमई मोटर्स प्रालिले २ वटा शाखा उद्घाटन गरेको छ। 

बाराको जितपुरस्थित थ्री एस सेटअप र सर्दी नवलपरासी पूर्वमा अवस्थित २ एस सेटअपको एक कार्यक्रमबीच उद्घाटन गरिएको हो। यी शाखाबाट सुविधा सम्पन्न शाखाबाट अशोक लेलैण्ड गाडीहरुका लागी सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध हुने जानकारी दिएको छ।

दुवै शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, भारतको दोस्रो ठूलो अटोमोबाइल कम्पनी अशोक लेलैण्डका सार्क हेड सुजन रोय साथै जिल्लाका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा संयुक्त रुपमा रिबन काटी गरिएको थियो। 

कार्यक्रममा अध्यक्ष ढकालले अशोक लेलैण्डमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र एउटा भरपर्दो ब्राण्ड भएकोले यसमा लगानी गरेको जानकारी दिए। यस क्षेत्रका ग्राहकले ढुक्क भएर अशोक लेलैण्ड गाडीहरुमा लगानी गर्न अनुरोध गर्दै बिक्रीपछिको सेवाका लागि जस्तोसुकै परिस्थितिमा पनि ग्राहकको साथमा रहने प्रतिबद्घता उनले व्यक्त गरे। 

नेपालका लागि अशोक लेलैण्ड गाडीको एकमात्र अधिकृत बिक्रेता आइएमई मोटर्सले प्रदेश नं २ र लुम्बिनी प्रदेश अवस्थित शाखाको विस्तारले ग्राहकहरुलाई थ्री एस (सेल्स, सर्भिस र स्पेयर्स ) साथ सम्पूर्ण सेवाहरुको पूर्ण सुविधा प्रदान गर्ने प्रतिवद्धता पनि व्यक्त गरे। 

सोही कार्यक्रममा अशोक लेलैण्ड भारतका सार्क अन्तर्राष्ट्रिय व्यापार प्रमुख सुजन रोयका अनुसार अशोक लेलैण्ड हिन्दुजा समूहअन्तर्गतको ७३ बर्ष पुरानो भारतको दोस्रो ठूलो कमर्सियल गाडी निर्माता कम्पनी भएको र आइएमई मोटर्ससँगको सहकार्यमा नेपालमा अशोक लेलैण्डको आक्रमक बजार बिस्तार गर्ने उद्देश्य रहेको जानकारी गराए। 

आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो। बैंकिङ, इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सुचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ। आइएमई मोटर्सले ट्रक, टिपर, स्कुल बससहित साना तथा ठूला कमर्सियल गाडीहरु बिक्रीवितरण गर्दै आएको छ। यसका साथै आर्मी र पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउँदै आएको छ। 

जितपुर र सर्दी शाखाबाहेक थप ९ शाखाबाट सेल्स, सर्भिस र स्पेयर पार्टसको सुविधा पनि दिँदै आएको कम्पनीले जनाएको छ।