 
                     
                                
                             
                                    काठमाण्डौ। सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ जीएमई कोरियाको सहकार्यमा आइएमई फाउन्डेसनले कोरियास्थित जुनसुकै विश्वविद्यालयमा सफ्टवेयर इन्जिनियरिङ विषयमा स्नाकोत्तर अध्ययनका लागि छात्रवृत्ति आह्वान गरेको छ।
यो सूचना प्रथमपटक प्रकाशित भएको मिति आज पुस २८ गतेदेखि एक महिनाभित्र इच्छुक व्यक्तिबाट आफ्नो व्यक्तिगत विवरण (बायोडाटा) सहित तपसिलमा उल्लेखित ठेगाना वा ई–मेलमार्फत दरखास्त आह्वान गरिएको छ।
जम्मा दुईजनालाई प्रदान गरिने उक्त छात्रवृत्तिअन्तर्गत प्रतिव्यक्ति वार्षिक १० हजार अमेरिकी डलरका दरले छात्रवृत्ति रकम प्रदान गरिनेछ। सफ्टवेयर इन्जिनियरिङ विषयमा कम्तीमा स्नातक उत्तीर्ण इच्छुक जोकोहीले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन्।
कोरियामा अध्ययनरत रहँदा जीएमई कोरियामा सशुल्क इन्टर्नसिपको अवसर प्राप्त हुनेछ भने अध्ययनको समाप्तिपछि कम्तीमा दुई वर्ष जीएमई कोरियामा पूर्णकालीन आबद्ध हुनुपर्नेछ। यसका अतिरिक्त कोरियामा स्नाकोत्तर अध्ययन गर्ने छात्रछात्रालाई प्राध्यापकहरुसँग ल्याबमा काम गर्ने अवसरसमेत प्राप्त हुने सम्भावना रहन्छ।
रितपूर्वक प्राप्त हुन आएका आवेदकमध्येबाट छनोटमा परेकालाई अन्तर्वार्ताको अवसर प्रदान गरिनेछ। छनोटमा परेका छात्रछात्राले सम्बन्धित निकायबाट लिनुपर्ने इजाजत स्वयम् आफैँ लिनुपर्नेछ। पढाइमा अब्बल, नेतृत्व क्षमता एवं अतिरिक्त क्रियाकलापमा विशेष रुचि राख्ने आवेदकलाई उच्च प्राथमिकता दिइनेछ।
छात्रवृत्तिसँग सम्बन्धित संघसंस्थाबाट कम्तीमा एक–एकजनाको प्रतिनिधित्व हुनेगरी कम्तीमा पाँच सदस्यीय छात्रवृत्ति छनोट समिति गठन गरिनेछ र यससम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार सोही समितिमा निहीत हुनेछ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19