काठमाण्डौ । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई इलेक्ट्रिक प्रालिद्वारा ललितपुर महानगरपलिकालाई ५ थान राफ्ट इलेक्ट्रिक स्कुटरहरु हस्तान्तरण गरेका छ। स्कुटरहरु नगरपालिकाको एक कार्यक्रममा ललितपुर नगर प्रहरीलाई पुनः महानगरपलिकाले हस्तान्तरण गरेका हो।

आइएमई इलेक्ट्रिक प्रालि राफ्ट इेलेक्ट्रिक स्कुटरहरु नेपालको लागि आधिकारिक बिक्रेता हो। नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्पादन भएको हो। 

एकपटक फुल चार्जेमा १०० किलोमिटर रेन्जसम्म  गुड्न सक्ने कम्पनीले जनाएको छ। अधिकतम किलोमिटर र बलियो बनावट साथै आधिक पर्फर्मेन्स दिनसक्ने भएकले सो स्कुटरहरु खरिद गरिएको नगरपालिकाले जनाएको छ। 

भारतमा उत्पादित राफ्ट स्कुटर, वारिअर साथै टिस्टा, इन्डुस, नुब्रा, जिस्पा समेत नेपालमा उपलब्ध मोडलहरु हुन्। कि लेस स्टार्ट, रिमोट लक्किङ, रिभर्स गियर, थेफ्त अलर्मसमेत रहेको छ। सेगमेटकै आधिकतम ३२० किलोमिटर रेन्ज दिन सक्ने स्कुटर पनि नेपाली बजारमा रहेको कम्पनीले जनाएको छ। 

मेयर चिरिबाबु महर्जनका अनुसार नगर सुरक्षालाई व्यवस्थित गर्न र प्रभावकारी कार्य गर्न नगर प्रहरीलाई यस स्कुटर अझ सुविधा हुने बताए। नगर प्रहरी प्रमुख सीताराम हाछेथुले भने क्विक रेस्पोन्स टिमले सो स्कुटरहरुलाई प्रयोग गर्ने र निरन्तर नगर व्यवस्थापनमा खटिन मद्दत पुग्ने बताउँदै महानगरलाई धन्यवाद व्यक्त गरे।