काठमाण्डौ । आइएमई मोटर्सद्वारा प्रवर्द्धित  अशोक लेल्यान्डले ग्राहकलाई लक्षित गरी लोन मेला आयोजना गर्ने भएको छ।

काठमाण्डौ, नेपालगन्ज, जीतपुर, इटहरी र बर्दिबासमा असोज २ गतेदेखि ४ गतेसम्म र विर्तामोड, बुटवल, धनगढी, हेटौँडा, पोखरा र दाङमा असोज ६ गतेदेखि ७ गतेसम्म गरी दुई चरणमा सम्पन्न हुने उक्त मेलाको भरपुर फाइदा ग्राहकले लिन सक्नेछन्। 

ग्राहकलक्षित अफरसहित यस प्रकारको फाइनान्स सुविधा पनि कम्पनीले आफ्ना ग्राहकलाई दिँदै आइरहेको छ। साना गाडी दोस्त, ट्रक टिप्परका साथै बसहरुमा यो सुविधा उपलब्ध हुनेछ। नेपालभरका सम्पूर्ण शाखाहरुबाट यो सुविधा लिन सकिनेछ। 

मेलामा अशोक लेल्यान्ड गाडीहरुका लागि कम ब्यज्दरमा अधिकतम फाइनान्स सुविधासहित स्थलगत निर्णय गरिन्छ।

रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो। रेमिटेन्स, बैंकिङ इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, ऊर्जालगायतका विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ। आइएमई मोटर्सले विशेष सुविधायुक्त एम्बुलेन्स, दमकल, ट्रक टिपर, स्कुल बससहित साना तथा ठूला कमर्सियल गाडीहरु बिक्रीवितरण गर्दै आएको छ। यसका साथै आर्मी र पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउँदै आएको छ।