काठमाण्डौ । आइएमई इलेक्ट्रिक प्रालिले राफ्ट इलेक्ट्रिक स्कुटरको निरन्तर बढ्दो नेटवर्कमा महाराजगन्जस्थित गरिमा अटो कन्सर्नका रुपमा नयाँ डिलर थपेको छ।
उक्त डिलरको बुधबार नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङका साथै आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार संयुक्त रुपमा उद्घाटन गरेका छन्।
बुधबार आयोजित उद्घाटन कार्यक्रममा घिसिङले भने, ‘नेपालमा विद्युतीय सवारीसाधन लोकप्रिय बन्दै गएका छन्। नेपालले छिमेकी मुलुकबाट अरर्बौंको इन्धन आयात गर्छ, विद्युतीय सवारी साधनको प्रयोगले इन्धन आयात घटाउन र स्थानीय रूपमा उत्पादित बिजुलीको प्रयोगलाई प्रवद्र्घन गर्न मद्दत गर्नेछ। विशेषगरी राती गाडी चार्ज गर्दा ग्राहकका लागि विद्युतीय सवारीसाधनको प्रयोगमा ठूलो बचत हुन्छ। आइएमईजस्ता समूहले विद्युतीय सवारीसाधनको प्रवर्द्धन गरिरहेकोमा म धेरै खुसी छु, म आइएमई र गरिमालाई व्यापार वृद्धिका लागि शुभकामना दिन्छु।’
कार्यक्रममा ढकालले भने, ‘हामी गरिमा अटोलाई हाम्रो निरन्तर विस्तार हुँदै गइरहेको सञ्जालमा स्वागत गर्दछौँ र उहाँहरुलाई सफलताको कामना गर्दछौ। आइएमई इलेक्ट्रिकले ई–मोबिलिटीमा अगुवा बन्ने लक्ष्य राखेको छ र नयाँ ऊर्जा सवारी साधन चलाउँदा जनताको पहिलो रोजाइ बन्न चाहन्छौँ। राफ्ट टु–ह्विलर अक्टोबर २२ मा प्रस्तुत गरिएको थियो र नेपालमा निकै लोकप्रिय बन्दै गएको छ। हामीले तीन महिनाभित्रै सयभन्दा बढी युनिट बिक्री गरिसकेका छौँ।’
वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘हामीले उत्पादन बिक्रीमात्रै गर्दैनौँ, पेट्रोलको आयात घटाएर वातावरण स्वच्छ राख्न मद्दत गर्दै राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान दिइरहेका छौँ।’
गरिमा अटोका प्रबन्ध निर्देशक दान राणाले भने, ‘म आइएमई इलेक्ट्रिकसँग व्यापार साझेदारका रुपमा जोडिन पाउँदा निकै गर्व महसुस गरिरहेको छु र ग्राहकलाई पर्यावरणमैत्री विद्युतीय दुईपांग्रे सवारीसाधन उपलब्ध गराउन पाउँदा खुसी छु, राफ्ट इलेक्ट्रिक स्कुटर प्रयोग गरेपछि सबै ग्राहक खुसी छन्।’
आइएमई इलेक्ट्रिकका बारेमा
कम्पनीका अनुसार राफ्ट इलेक्ट्रिक स्कुटर १ लिटर पेट्रोलमा ८०० किलोमिटर चल्छ। त्यसैले पेट्रोल स्कुटरको तुलनामा, ग्राहकले एपबाट रु. २ लाख ५० हजार ३ वर्षभित्र र त्यसैले स्कुटरको लगभग पूरा लागत फिर्ता हुनेछ।
फायरपु्रफ ब्याट्री, रिभर्स गियर, हाइट एडजसटेबल शोक्क अब्सोर्बर, मल्टी मोड्स अफ ड्राइभिङ, द्रुत चार्जका लागि १० एम्प चार्जर, राम्रो सुरक्षाका लागि बाक्लो बडी, कि–लेस स्टार्ट, डीआरएल हेडलाइट, थेफ्ट अलार्म, डिजिटल डिस्प्ले, रिमोट लकिङ, अटोमेटिक चार्जर कट–अफ, इन्डिकेटर बज्जर, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, पोर्टेबल ब्याट्री र अन्य धेरै सुविधा राफ्ट स्कुटरमा उपलब्ध छन्।
राफ्ट मोटर्सको उत्पादनमा एकैपटक चार्जमा ३२० किलोमिटरसम्मको दायरासहित ६ मोडलभन्दा बढी इलेक्ट्रिक स्कुटरहरु छन्। उचित मूल्य, धेरै राम्रो प्ः दायरा, विश्वसनीयता र धेरै आकर्षक लुकका कारण र्याफ्ट गाडीहरु छोटो अवधिमा नेपालमा अत्यन्त लोकप्रिय भएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19