काठमाण्डौ। आइएमएस ग्रुपका अध्यक्ष तथा नेपाल चेम्बर्स अफ कमर्शका उपाध्यक्ष दिपक मलहोत्राले नेपाल चिकित्सक संघलाई ५ हजार थान मास्क हस्तान्तरण गरेका छन्।
मलहोत्राले आफ्नै कम्पनीबाट उत्पादित मास्क संघका अध्यक्ष डा. लोचन कार्कीलाई सहयोगस्वरुप हस्तान्तरण गरेका हुन्। मलहोत्राले आफ्नो कम्पनीबाट उत्पादित मास्क विभिन्न अस्पताल, सुरक्षा निकाय, सामाजिक कार्यकर्ता र पत्रकारलाई निःशुल्क वितरण गर्दै आइरहेका छन्।
कोरोनाभाइरसको महामारीमा पनि आफ्नो ज्यान जोखिममा राखेर चिकित्सकहरु बिरामीको उपचार गरिरहेकाले संघमै आएर मास्क वितरण गर्न पाएकोमा मलहोत्राले खुशी व्यक्त गरे। उनले भोलिका दिनमा पनि चिकित्सक संघसँग सहकार्य गरेर अगाडि बढ्ने जनानकारी दिँदै अहिलेको महामारीमा संघलाई अन्य थप सहयोग पनि गर्ने प्रतिबद्धता व्यक्त गरे।
कोरोनाभाइरस फैलिन सक्ने त्रासका बीच मास्क अभाव भइरहेका बेला मलहोत्राले ठूलो मात्रामा मास्क उत्पादन सुरु गरेर देशका लागि धेरै राम्रो काम र ठूलो सहयोग गर्नुभएको चिकित्सक संघका अध्यक्ष डा. कार्कीले धन्यवाद दिए।
मलहोत्राले अहिले व्यवसाय गर्नभन्दा पनि सामाजिक कामका लागि मास्क कम्पनी सञ्चालनमा ल्याएको बताए। उनले आफ्नो कम्पनीले दिनमा करिब ७० हजार मास्क उत्पादन गर्ने र शुरुका दिनमा उत्पादित मास्क सबै हस्पिटललगायतका क्षेत्रमा वितरण गरिँदै आएको बताए।
मलहोत्राले अबको केही दिनबाट मास्कको सर्टेज नहुनेसमेत दाबी गरे। आफूहरुले उत्पादन गरेको सर्जिकल मास्क बजारमा समेत उपलब्ध रहेको उनले जानकारी दिए। ‘हामीले मास्क उत्पादन सुरु गरेपछि बजारमा मास्कमा भइरहेको कालोबजारी पनि अन्त्य हुन्छ’, ‘बजारमा छ्यापछ्याप्ती मास्क उपलब्ध हुँ, अब मास्क नपाएर कोही आत्तिनुपर्दैन, मास्क न्यून मूल्यमा पाइन्छ।’
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19