काठमाण्डौ । नेपालका लागि नं. १ मोबाइल ब्राण्ड सामसङ स्मार्टफोन तथा कोरियन लक्जरी ब्राण्ड साङयङ मोटर्स्का आधिकारिक वितरक आइएमएस ग्रुपले गत बैशाख २९ गते आफ्नो २५औं वार्षिकोत्सव तथा २५औं आइएमएस दिवस मनाएको छ।
होटल र्याडिशन, लाजिम्पाटमा ग्रुप चेयरम्यान दीपक मल्होत्रा, कम्पनीका प्रेसिडेन्ट तथा सि.इ.ओ. दिकेश मल्होत्रा तथा केही अन्य अतिथिहरु लगायत कम्पनीका ३५० भन्दा बढी कर्मचारीहरुको उपस्थितिमा सो कार्यक्रम भएको थियो ।
यो अवसरमा कम्पनीले सबै कर्मचारीहरुलाई उपहारस्वरुप चाँदीको सिक्का समेत वितरण गरेको थियो । साथै कार्यक्रममा कर्मचारीहरुकै सहभागितामा विभिन्न रमाइला ट्यालेन्ट शो, खेल, क्विज् तथा अन्य कार्यक्रमका साथै पुरस्कार वितरण पनि भएको थियो । छनौट गरिएका केही कर्मचारीहरुलाई विभिन्न मेडल तथा नगद उपहारहरुले “वर्षकै सर्वाेत्कृष्ट कर्मचारी”, “सर्वाेत्कृष्ट डिपार्टमेन्ट”, तथा “सबैभन्दा लामो सेवाअवधि”का रुपमा सम्मान गरिएको थियो।
चेयरम्यान दिपक मल्होत्राले सो कार्यक्रममा भने–“हामीले यस माइलस्टोन प्राप्त गर्न सफल हुनुमा हाम्रो निरन्तर प्रयास, प्रतिबद्धता तथा टिमवर्कको धेरै महत्वपूर्ण योगदान छ र म सम्पूर्ण आइएमएस परिवारलाई यस उपलब्धिका लागि धन्यवाद दिन चाहन्छु । हामी विगत २५ वर्षदेखि सबैको क्षमता विकास गराउने र हाम्रा ग्राहकहरुलाई सेवाहरु प्रदान गर्नमा प्रतिबद्ध रहँदै आएका छौं । यस सफलतालाई निरन्तरता दिँदै आउने वर्षहरुमा पनि थप नवीनता, अभिवृद्धि तथा उपलब्धिहरु प्राप्त गर्दै जान प्रेरित छौं ।”
आइएमएस ग्रुप विगत २४ वर्षमा क्रमिक रुपमा विकसित हुँदै आएको छ । विगत ५ वर्षमा ग्रुप आयको आधारमा ५ गुणाले वृद्धि हुँदै देशभरमा आफ्नो उपस्थिति बढाउन पनि सफल भएको छ र हाल यस अन्तर्गत कुल १२ वटा कम्पनीहरु छन् ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19