काठमाण्डौ । आइएमएस ग्रुप कम्पनीले आफ्ना सबै कर्मचारीहरूलाई विश्वव्यापी कोभिड १९ बिरूद्ध आज बिमा सुविधा प्रदान गरेको छ । कम्पनीले प्रति कर्मचारीलाई एक लाख रुपैयाँको स्वास्थ्य बीमा प्रदान गरेको गरेको जनाएको छ ।

विश्वव्यापी कोरोना माहामारीको क्रममा, आइएसएस ग्रुपद्वारा आफ्नो सम्पूर्ण कार्मचारीहरुलाई स्वास्थ्य बीमा गराइएको र यदि कुनै कर्मचारीलाई कोरोना भाईरस लागेको देखिएमा यस बीमाले कार्मचारीलाई आर्थिक सहयोग पु¥याउने कम्पनीले बताएको छ ।  

“आइएमएस ग्रुपमा हामीले हाम्रो कम्पनीका प्रत्येक कर्मचारीलाई परिवारको सदस्यका रूपमा लिन्छौं र विशेष गरी यो कठिन समयमा हाम्रा सबै कर्मचारीहरूको हेरचाह गर्नु हाम्रो सबैभन्दा ठूलो उत्तरदायित्व हो । त्यसकारण हामीले यस्तो महत्वपूर्ण समयमा उनीहरूको आर्थिक भार घटाउन र उचित उपचारका लागि सहयोग पु¥याउन कोरोनाभाइरस बिरुद्द स्वास्थ्य बीमा सुविधा उपलब्ध गराउने निर्णय गरेका छौं ।” कम्पनीका सीइओ दिकेश मल्होत्राले भने ।

आइएमएस ग्रुपअन्तर्गत २० भन्दा बढी कम्पनीहरु छन् आईएमएस नेपालमा सामसङ्ग स्मार्टफोनको राष्ट्रिय वितरक हो । सन् १९९८ मा आधिकारिक रूपमा मोबाइल फोन आयात गर्ने यो नेपालको पहिलो कम्पनी हो ।