काठमाण्डौ । प्रहरी महानिरीक्षक समेत हुन अयोग्य भन्दै शेरबहादुर देउवाले फालेका नवराज सिलवाल जित नजिक पुुगेका छन् । ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दिएका सिलवालले ४५०० बढी मतान्तरले कांग्रेस उम्मेद्वार उदय समशेर राणालाई पछाडि पारेका छन् । 

पछिल्लो अपडेट अनुसार सिलवालले २१ ह्जार २ सय १ मत ल्याएका छन् भने उनलाई उदय समशेरले १६ हजार ६ सय २१ म्तले पछ्याइरहेका छन् । 

यो क्षेत्रमा सिलवालले लगातार मतान्तर बढाइरहेका छन् । अब केही मत मात्र गन्न बाँकी रहेकोले सिलवालको जित लगभग निश्चित झै देखिएको छ ।