काठमाण्डौ । नेपाल प्रहरीको महानिरीक्षक हुन नपाएपछि राजीनामा दिई राजनीतिमा होमिएका नवराज सिलवालले जित्ने संभावना बढेको छ । 

उनले आफ्ना निकटतम प्रतिदन्दीसँगको मतअन्तर घटाउँदै अगाडि बढेपछि यस्तो संभावना बढेको हो । 

पछिल्लो मतपरिणाम अनुसार ललितपुर १ बाट प्रतिनिधिसभा सदस्य पदमा चुनाव लडेका सिलवालले १७ हजार ६ सय १३ मत प्राप्त गरेका छन् । उनलाई कांग्रेसका उदयसमशेर राणाले १३ हजार ८ सय ७४ मतले पछ्याइरहेका छन् । ।

मतगणना जारी छ ।