काठमाण्डौ । लायन्स क्लब अन्तर्राष्ट्रिय जिल्ला ३२५ जे नेपालले आइडिया स्टुडियो नेपालसँग रणनीतिक साझेदारका रुपमा साझेदारी गरेको छ। 

साहसिक सुरुआतको मुख्य नारालाई आत्मसाथ गर्दै लायन्स क्लब इन्टरनेसनल ३५२ जे नेपालले अवसरबाट वञ्चित व्यक्तिहरुलाई उद्यमशीलताका लागि सहयोग गर्न ‘ब्रेभ स्टार्टअप फन्ड’को निर्माण गरेको हो।

लायन्स क्लब इन्टरनेसनल विश्वको सबैभन्दा ठूलो सेवा क्लब संस्था हो। लायन्स क्लब इन्टरनेसनल फाउन्डेसन लायन्स क्लब इन्टरनेसनलको परोपकारी शाखा हो। सन् १९१७ मा स्थापित यो संस्थाले नागरिक, सांस्कृतिक, सामाजिक र नैतिक कल्याणमा सक्रिय कार्यहरु गर्दै आएको छ। 

लायन्सको अतिरिक्त कार्यहरुलाई समर्थन गर्न, उनीहरुको सेवालाई सशक्त बनाउन र स्थानीय र विश्वव्यापी रुपमा उनीहरुको समुदायको आवश्यकतालाई सम्बोधन गर्न अनुदान कोष प्रदान गर्दछ। लायन्स क्लब इन्टरनेशनल जिल्ला ३२५ जे नेपाल एक व्यवस्थित, रचनात्मक र नवीन जिल्ला हो। जहा १०० भन्दा बढी क्लब र २ हजार ७०० सदस्य छन्। युवालाई ’ब्रेभ एनफ टु स्टार्ट’ हुन प्रोत्साहित गर्दै ब्रेभ इनफ टु स्टार्ट लायन्स क्लब इन्टरनेसनलको नारा हो।

आइडिया स्टुडियो नेपाल सामाजिक रुपान्तरण र उद्यमशीलताको क्षेत्रमा ८ वर्षदेखि निरन्तर काम गर्दै आएको संस्था हो। आइडिया स्टुडियो नेपालले नेपालमा उद्यमशीलताको इकोसिस्टमलाई बढावा दिन सरकार, शिक्षाविद्, सार्वजनिक र निजी क्षेत्र, वाणिज्य बैंक, मिडिया हाउस, व्यापार र उद्योग संगठनहरु र अन्य धेरै संस्थासँग साझेदारीमा काम गर्दै आएको छ। आइडिया स्टुडियो नेपालले सम्भाव्य व्यावसायिक विचारहरुलाई व्यवसायमा परिवर्तन गर्ने, सामाजिक परिवर्तनलाई प्रज्ज्वलित गर्ने र  नवप्रवर्तनका माध्यमबाट उद्यमशीलताको प्रवर्द्धन गर्ने प्याटफर्मका रुपमा काम गर्दै आएको छ।

यस सहकार्यको मुख्य उद्देश्य उद्यमशीलतालाई प्रवर्द्धन गर्नु रहेको संस्थाले जनाएको छ। ब्रेभ स्टार्टअप फन्डका लागि आइडिया स्टुडियो नेपालले लायन्स क्लबसँग सहकार्य गरी विभिन्न विषयमा तालिम प्रधान गर्नेछ। 

बेभ्र स्टार्टअप फन्डबाट छनौैट भएका आइडियालाई   लायन्स क्लबले सिड मनी उपलब्ध गराइने संस्थाले जनाएको छ।