काठमाण्डौ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू जस्तैः–दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजनाअन्तर्गत सर्वाधिक ठूलो राशीको भाग्यशाली विजेता घोषणा गरेको छ ।
मलेशियाबाट नेपालमा आइएमई गर्ने सेवाग्राही धिरेन्द्रकुमार झागड सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट भाग्यशाली विजेता घोषित भएका छन् ।
झागडले नगद रू. २० लाख प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा आइएमई केन्द्रीय कार्यालय पानीपोखरीमा बिहीबार आयोजित भाग्यशाली विजेता छनोट कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरि र दीपाश्री निरौलालगायत विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले आम सेवाग्राहीको निरन्तर विश्वासले नै आइएमईलाई एउटा भरपर्दो ब्राण्डको रुपमा स्थापित गराएको स्मरण गर्दै आइएमई पेमार्फत हरेक प्रकारका भुक्तानी सेवा उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरे ।
आइएमई लिमिटेडका प्रमुखकार्यकारी अधिकृत सुमन पोखरेलले सेवाग्राहीमुखी ‘दशैंमा बीस लाख’ योजना अवधिका करिब तीन महिनामा लक्ष्य अनुरुपको ब्यापार अभिवृद्वि भएको बताउँदै यस्ता पर्वलक्षित कार्यक्रमले आम सेवाग्राही र कम्पनीबीचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास ब्यक्त गरे ।
२०७५ साल असोज ७ गतेदेखि शुरु भई २०७५ साल मङ्गसिर मसान्तसम्म लागू सेवाग्राहीमुखी यस योजनाअन्तर्गत दैनिक लक्की ड्र’ मा ८ सय ४०, साप्ताहिक ‘लक्कीड्र’ मा १२, मासिक ‘लक्की ड्र’ मा ३ र बम्पर ‘लक्की ड्र’ मा १ गरी कुल ८ सय ५६ सेवाग्राही पुरस्कृत भएका बताइएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19