काठमाण्डौ। बतास एमएडब्लू कमर्सिअल भेइकल प्रालिले ग्राहकको मागलाई लक्षित गर्दै हेटौंडामा रि–सेल मेलाको आयोजना गरेको छ ।

आइतबार आयोजित एक कार्यक्रमका बीच नेपाल ट्रक यातायात महासंघ र नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, नेपाल निर्माण व्यवसायी संघ, मकवानपुरका अध्यक्ष बालगोपाल कंडेल, हेटौंडा उप–महानगरपालिका प्रतिनिधि विजय पुडासैनी र बतास एमएडब्लु प्रालिका रि–सेल प्रमुख  परिक्षण धिमालले संयुक्त रूपमा रिबन काटेर मेलाको औपचारिक उद्घाटन गरेका छन् ।

कार्यक्रममा श्रेष्ठले आइशर ट्रकको विशेषता र ग्राहकले रुचाउनुका प्रमुख कारण उल्लेख गर्दै यसको माईलेज विशेष र पावर उत्कृस्ट रहेको जानकारी दिए । 

यस्तो मेलाले मध्यम वर्गका ग्राहकले पनि सजिलै स्वरोजगार भई आत्मानिर्भर हुने जानकारी उनको भनाइ थियो । 

साथै चालकलाई लक्षित गरि २५ लाख रुपैयाँको आकस्मिक बीमाले थप उर्जा दिने समेत उनले बताए ।  

आइशरले आफ्ना ग्राहकलाई लक्षित गर्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडसँग क्यासलेश इन्स्योरेन्स सम्बन्धी सम्झौतामा हस्ताक्षर समेत गरेको छ ।

क्यासलेश योजनामार्फत् दुर्घटना भएको खण्डमा आइशर मोटर्सका गाडीका खरिदकर्ताहरू बतास एमएडब्लूका आधिकारिक सर्भिस सेन्टरहरूमा सिधै गई गाडी मर्मत वा बीमा रकम दाबी गर्न सक्नेछन् ।
क्यासलेश इन्स्योरेन्स अन्तरगत ग्राहकले सवारीसाधन दुर्घटनामा परेको खण्डमा सोझै आइशरको आधिकारिक वर्कसपमा गई मर्मत गराउन सक्नेछन् भने ग्राहकले बिमा रकम बाहेकको रकम मात्र तिर्नुपर्ने हुन्छ । 

रि–सेल मेला पुस १० गतेसम्म सञ्चालन हुनेछ ।