काठमाण्डौ । रिद्धि सिद्धि सिमेन्टले हेटौँडाको गौरीटार आइसोलेसन वार्डमा बसेका ६२ जना खाद्यान्नलगायत विभिन्न सामग्री सहयोग गरेको छ।

एक कार्यक्रममा रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हाल गौरीटार आईसोलेसन वार्डमा रहेका ६२ जना संक्रमितलाई रोग प्रतिरोधातमक शक्ति बढाउन आवश्यक फलफूल तथा खाद्यसामग्री र आइसोलेसनमा रहँदा पनि निरन्तर घरपरिवारसँग सम्पर्क बनाइराख्न नेपाल टेलिकमको रु. २०० बराबरको रिर्चाज कार्ड र एक थान तातोपानी खाने कपलगायत विभिन्न सामग्री वितरण गरेको हो। कार्यक्रममा रिद्धि सिद्धि सिमेन्टका क्षेत्रीय बिक्री प्रबन्धक विक्रम खतिवडाले उद्योगले स्थानीय समुदायको दुःख–सुखको सारथि बन्न रिद्धि सिद्धि सिमेन्ट सधैँ तयार रहने बताए।

कार्यक्रममा हेटौँडा उपमहानगरपलिकाका प्रमुख हरिबहादुर महतले संक्रमितहरुको हौसला बढाउँदै सचेत रही स्वस्थ खानपिन एवं नियमित व्यायम गर्ने हो भने कोरोनामात्रै नभई भविष्यमा समेत सजिलै कुनै रोगको सिकार हुनु नपर्ने बताए।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको समेत उपस्थिति थियो। कटुवालले सकारात्मक सोचको विकास गर्दै सुरक्षित रही उद्योगधन्दा र व्यापारव्यवसाय सुचारु गर्नुपर्ने धारणा राखे।

विभिन्न समयमा उद्योगले गरेका सामाजिक कार्यको चर्चा गर्दै हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले उद्योगीहरुले देखाएका सहयोगी भावले समाजमा सकारात्मक प्रभाव पर्ने बताए।

हेटौंडाको रातोमाटेमा अवस्थित रिद्धि सिद्धि सिमेन्टले आफ्नो उत्पादनको दोस्रो वर्षमा प्रवेश गरेसँगै हाल देशका विभिन्न स्थामा रहेका सिमेन्ट उद्योगहरुका लागि किलिंकरसमेत बिक्री गर्दै आइरहेको छ। हाल उद्योगको उत्पादन देशका विभिन्न ठूला परियोजनाहरुमा समेत प्रयोग हुँदै आइरहेको छ।