काठमाण्डौ । आईएमएस ग्रुपले नेपाल पत्रकार महासंघलाई बुधबार ७ हजार मास्क हस्तान्तरण गरेको छ।
विश्व महामारी कोरोनाभाइरसबाट सुरक्षित राख्न दिनरात नभई कार्यक्षेत्रमा पत्रकारका लागि मास्क प्रदान गरिएको आईएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्राले बताए। ‘कोरोनाका कारण सारा विश्वसंकटमा छ र सामाजिक दूरीलाई बढावा दिन नेपाल सरकारको निर्देशन छ’, उनले भने, ‘यस्तो बेला पनि पत्रकारहरु घरबाट बाहिर निस्केर आफ्नो कार्य र कर्तव्य गर्दै देशको सेवा गर्दैछन्।’
कर्पोरेट सामाजिक उत्तरदायित्वअन्र्तत पत्रकारको सुरक्षाका लागि मास्क प्रदान गरिएको मल्होत्राले बताए। ‘महामारी सुरु भएदेखि नै नेपालमा मास्कको अभाव भएको थियो’, उनले भने, ‘त्यसमा थोरै भए पनि हाम्रोतर्फ यो सहयोग गरेका हौँ।’
आईएमएस ग्रुप एक स्थानीय समूह हो। जसअन्तर्गत २० भन्दा बढी कम्पनीहरु छन्। आईएमएस नेपालमा सामसुङ स्मार्टफोनको राष्ट्रिय वितरक हो।
सन् १९९८ मा आधिकारिक रूपमा मोबाइल फोन आयात गर्ने यो नेपालको पहिलो कम्पनी हो। कम्पनीले लक्जरी कोरियाली अटोमोबाइल ब्रान्ड साङ्योङको डिलरसिप पनि प्राप्त गरेको छ। हालै नेपालका लागि डक्टर ब्राउन, क्रेन, हिमालय, बीबी लभ, एनर्जाइजर र डीजीआईजस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको डिलरसिप पनि प्राप्त गरेको छ। यसले शिक्षा, बैंकिङ, निर्माण, कृषि र अन्य धेरैमा आफ्ना सेवाहरू विस्तार गरेको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19