काठमाण्डौ। आईएमएस सफ्टवेयरले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्द्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ।

सहकार्य सम्झौतामा आईएमएस सफ्टवेयरका तर्फबाट सन्तोष ताम्राकार र सेलकम प्रालिका तर्फबाट पवन प्रधानले हस्ताक्षर गरेका छन्। 

सेलपे सेलकम प्रालिद्वारा सञ्चालित नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो। जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाताका साथै वालेटबाट पनि भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ। 

भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षा प्रणालीभित्र रही विकास गरिएको छ। सेलपेमार्फत गरिएको भुक्तानी वास्तविक समयमा हुन्छ। ग्राहकले सेलपेद्वारा विभिन्न दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टीभी, इन्टरनेटको महसुल भुक्तानी, इन्स्योरेन्सको भुक्तानी, सेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेस्टुरेन्टमा भुक्तानी, फोनपे नेटवर्कका करिब ५लाख मर्चेन्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पीटुपी, पीटुबी, बीटुपी र बीटुबी आदि वास्तविक समयमा गर्न सकिन्छ। 

यसका साथै ग्राहकले सेलपे कार्ट सेवामार्फत सजिलै घरमै बसी–बसी विभिन्न सामानहरु खरिद गर्न सक्नेछन्। 

आईएमएस सफ्टवेर एक सूचना प्रविधि कम्पनी हो। जसले विभिन्न क्षेत्रका लागि विभिन्न किसिमका सफ्टवेयरहरु बनाउँदै आएको छ। सेलपेसँग सहकार्य पछि आईएमएस सफ्टवेयरका प्रयोगकर्ताले आफ्ना क्रेडिटर्सहरुलाई आईएमएस सफ्टवेयर प्रयोग गरी सेलपेमार्फत भुक्तानी गर्न सक्नेछन्।

सेलपे भुक्तानी सेवा आईएमएस सफ्टवेयरका निम्न सफ्टवेयरहरुमा प्रयोग गर्न सकिन्छ :

  • IMS POS Software
  • IMS Hospitality Management Software
  • IMS Restaurant Management Software
  • IMS Distribution Management Software
  • IMS WEB POS