काठमाण्डौ । आईएमएस ग्रुपले नेपालमा फ्रान्सेली ब्रान्ड ‘पाराकिटो’ लन्च गरेको छ। यसका साथै आईएमएस पराकिटो ब्रान्डको एकमात्र राष्ट्रिय वितरक बनेको छ।
पाराकिटो एक फ्रान्सेली लामखुट्टे र टिक विकर्षक ब्रान्ड हो। जसले प्राकृतिक रूपमा लामखुट्टे र टिक्सहरुबाट जोगाउँछ। पाराकिटो अभिनव प्राकृतिक लामखुट्टे संरक्षणमा लिदर हो र पाराकिटोले उच्च–गुणस्तर टेकनोलोजीको एक अलग लाइन प्रदान गर्दछ।
यसले विभिन्न प्रकारका उत्पादन प्रदान गर्दछ। जसमा रिस्टब्यान्ड, स्प्रे, क्लिप र रोल अन छन्। यस उत्पादनले एक वैकल्पिक र पूर्ण सुरक्षित सुरक्षा समाधानको प्रतिनिधित्व गर्दछ, विशेषगरी बालबालिका, गर्भवती र संवेदनशील छाला भएकाहरुलाई।
पाराकिटो पानी र पसिना प्रतिरोधी, दीर्घकालीन, वातावरणमैत्री, बिरुवामा आधारित र मदिरारहित पनि हो। पाराकिटोले बराबर सुरक्षा, हेरचाह, प्रभावकारी संरक्षण र प्राकृतिक समाधान दिन्छ। यी सबैले पाराकिटोलाई बाहिर खेल्न रमाइलो गर्ने बालबालिकाहरुका लागि र हाइकिङ, साइकल चलाउने, साहसिक खेलकुद, आउटडोर पार्टीहरु र पारिवारिक पिकनिकमा लागेका मानिसका लागि स्वाभाविक रूपमा उत्तम समाधान बनाउँछ।
पाराकिटो अब आईएमएस लिटल स्माइलस शोरुमहरुमा विशेष रुपमा उपलब्ध छ। नेपालकै पहिलो प्रिमियम मल्टि–ब्रान्ड आउटलेट बालबालिकाका लागि। आईएमएस लिटल स्माइल शोरुमहरु दरबार मल, दरबार मार्ग र सिटी सेन्टर, कमलपोखरीमा स्थित छ र यहाँ डा. ब्राउन्स, बिबिलभ, हिमालय बेबी केयर, क्रेनजस्ता अरु धेरै शीर्ष अन्तर्राष्ट्रिय ब्रान्डहरु बेच्ने गरिन्छ।
पाराकिटो स्मार्टडोकोमा अनलाइन उपलब्ध छ। जुन नेपालको सबैभन्दा उच्च मूल्यांकन गरिएको ई–कमर्स ब्रान्ड हो। जसले ७७ जिल्लामा उत्पादनहरु पुर्याउँछ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19