काठमाण्डौ। नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) ले प्रत्येक वर्ष वितरण गर्ने बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) को फाइनान्सियल सेक्टरको विधामा रनरअप अवार्ड लुम्बिनी विकास बैकंलाई दिएको छ। सन् २०२० मा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरेबापत सो अवार्ड लुम्बिनी विकास बैंकले प्राप्त गरेको हो।
लुम्बिनी विकास बैंकले सदैव कटिबद्ध रही आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता गर्नुको साथै आफूलाई अवार्डको योग्य ठान्ने आईक्यानका साथै अवार्ड प्राप्त गर्नमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिएको छ।
लुम्बिनी विकास बैंकले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभरका ७२ शाखा र १७ वटा एटीएमबाट आफ्ना करिब २ लाख ७४ हजार ग्राहकलाई उच्चस्तरीय आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।
हाल बैंकले आफ्ना ग्राहकलाई निःशुल्क डेबिट÷एटीएम कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका कुनै पनि बैंकका भिजा नेटवर्क भएका एटीएमबाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुःल्क नलाग्ने व्यवस्था मिलाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19