काठमाण्डौ । आईजीआर्ई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नीलकण्ठ नगरपालिकाबीच नगरवासीको बालिनाली, पशुपन्छी तथा कृषकको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ। 

सम्झौतापत्रमा आईजीआर्ई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका मुख्य प्रबन्धक शिवप्रसाद लामिछाने र नीलकण्ठ नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले हस्ताक्षर गरेका छन्। सम्झौतापश्चात नीलकण्ठ नगरपालिकामा रहेका सम्पूर्ण कृषक दाजुभाइ तथा दिदीबहिनीले आफ्नो पशुपन्छी तथा बालिनालीको बीमा ढुक्कसँग आईजीआर्ई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट गर्न सक्नेछन् भने नगरवासीको भौतिक सम्पत्ति, कृषकको बालिनाली, पशुपन्छी तथा कृषकको व्यक्तिगत दुर्घटना बीमा गराउने प्रतिबद्धतासहित धादिङ जिल्लामा नै नमुना नगरपालिकाका रुपमा रहेको छ।

सोही अवसरमा प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले आफूले आफ्ना नगरवासी कृषक दाजुभाइ तथा दिदीबहिनीको पशुपन्छी, बालिनालीको बीमापश्चात कुनै कृषक दाजुभाइ तथा दिदीबहिनीको बीमा गरिएको कुनै पनि सम्पत्तिको हानी–नोक्सानी भएमा सोको क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले आईजीआर्ई प्रुडेन्सियल इन्स्योरेन्सडसँग सम्झौता गरी व्यवस्था मिलाएको हुनाले कृषकहरुले आफ्नो सम्पत्तीको बीमा गरी ढुक्क भएर पशुपन्छी पालन लयागत कृषि उपजमा व्यक्तिगत र व्यावसायिक रुपमा लगानी गरी उत्पादन बढाउन अनुरोध गरे। साथै, यस कार्यमा नगरपालिकाले अभिभावकका रुपमा रहेर नगरवासीलाई सेवा गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे। 

आईजीआर्ई प्रुडेन्सियल इन्स्योरेन्स र नीलकण्ठ नगरपालिकाले आफ्ना नगरवासीलगायत नगरभित्र रहेका कृषकको सामूहिक हित हुने गरी कम्पनीसँग बीमा गर्ने अवसर प्रदान गरेकोमा नगरवासीलाई उच्च कोटीको बीमा सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ भने आफ्ना नगरवासीको सम्पत्तिको बीमा गराएर सुरक्षित बनाउन उत्प्रेरकको भूमिका निर्वाह गरी सरहानीय कार्य गरेकोमा नगर प्रमुख, प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, लेखा अधिकृत आर्जन श्रेष्ठलगायत नगरपालिकाको टिमलाई धन्यवाद दिँदै नगरवासीलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आईजीआर्ई प्रुडेन्सियल इन्स्योरेन्सबाट प्राप्त गर्न सकिने हुनाले ढुक्क भएर सेवा लिन कम्पनीले आह्वान गरेको छ।