काठमाण्डौ। रियलमी जिटी नियो २ ले DXOMARK ब्याट्री टेस्टमा ९४ अंक ल्याउँदै विश्वव्यापी स्मार्टफोन बजारमा दोस्रो स्थानमा रही बलियो उपस्थिति जनाएको छ। यो परीक्षणमा आईफोन १३ प्रो म्याक्स र शाओमी ११टी प्रोलाई रियलमी जिटी नियो २ पछि पार्न सफल भएको छ। 

स्मार्टफोनका साथै अन्य उपभोक्ता विद्युतीय उपकरणहरुको गुणस्तर मूल्याङ्कन गर्ने DXOMARK अन्तर्राष्ट्रिय मान्यता प्राप्त एक स्वतन्त्र फ्रान्सेली प्रविधि कम्पनी हो।

रियलमी जिटी नियो २ लाई तीनवटा परीक्षणहरुमा मापन गरिएको थियो र यो स्मार्टफोन सबै श्रेणीहरुमा उत्कृष्ट ३ भित्र पर्न सफल भएको थियो।

अटोनोमीमा प्रथम (कति समय ब्याट्री टिक्छ वा ब्याट्री लाइफ), चार्जिङमा उत्कृष्ट तीन (चार्ज हुन कति समय लाग्छ) र इफिसियन्सीमा उत्कृष्ट दुई (चार्ज वा डिस्चार्ज हुँदा फोनले कति पावर खान्छ)।