काठमाण्डौ । आईसीएफ सिफाइनान्सले साउन महिनामा विषेश रुपमा मनाइने महेन्दी कार्यक्रम ‘मेहेन्दीको महिना, माया र सद्भावले लगाऔँ’ भन्ने सन्देशसहित आपसी सद्भाव अभिवृद्धि र मेहेन्दीको रङजस्तै सम्बन्धहरुलाई गाडा र रंगिन बनाउने अभिप्रायले आफ्ना ग्राहक तथा अन्य महिला दिदीबहिनीमाझ मेहेन्दी कार्यक्रम सम्पन्न गरेको छ।

फाइनान्सले देशैभरि रहेको विभिन्न २१ वटा शाखामा उक्त कार्यक्रम सम्पन्न गरेको हो। 

सबै शाखा कार्यालय परिसरमा संस्थाका ग्राहकलगायत अन्य महिला दिदीबहिनीको उल्लासमय उपस्थितिमा मेहेन्दी कार्यक्रम सम्पन्न गरिएको फाइनान्सले जनाएको छ।