काठमाण्डौ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रम ‘आईसीटी अवार्ड’को सातौँ संस्करणका लागि नलेज पार्टनरका रुपमा प्रेसिडेन्सियल बिजनेस स्कुल आबद्ध भएको छ। कलेज गत २ वर्षदेखि नै यस अभियानमा सहकार्य गर्दै आइरहेको छ।
सोमबार प्रेसिडेन्सियल बिजनेस स्कुलका कार्यकारी अध्यक्ष लक्ष्मण केसी र आईसीटी अवार्डका संयोजक राजन लम्सालबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। आईसीटी अवार्ड–२०२२ को ‘नलेज पार्टनर’का रुपमा अवार्डमा सहभागी स्टार्टअप, इन्नोभेटरहरुलाई विशेष कार्यक्रमसमेत सञ्चालन गर्नेछ।
अमेरिकन बिजनेस डिग्री सञ्चालन गरिरहेको प्रेसिडेन्सियल विजनेश स्कुलले केही वर्षदेखि आईटी शैक्षिक कार्यक्रमअन्तर्गत बीएस्सी आईटी, एमएस्सी आईटी र एमबीए आईटीका कोर्सहरु सञ्चालन गरिरहेको छ।
यसैगरी एक दशकभन्दा बढप् समयदेखि बिजनेस शैक्षिक कार्यक्रम अन्तर्गत बीबीए र एमबीए सञ्चालन गरिरहेको कलेजले इन्कुवेसन तथा उद्यमशीलतालाई लक्षित गरेर विभिन्न कार्यक्रम तथा सेसनहरु सञ्चालन गर्र्दै आइरहेको छ। कलेजले हरेक वर्ष आईटी कन्क्लेभ पनि आयोजना गर्ने गरेको छ।
सन् २०१६ बाट सुरु भएको ‘आईसीटी अवार्ड’को सातौँ संस्करणको रुपमा यस वर्ष विभिन्न १२ विधामा छनौट प्रकृया सुरु भएको छ। यस वर्ष दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुका लागि ‘साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड २०२२’ पनि आयोजना हुदैछ।
लिभिङ विथ आईसीटीको मुख्य आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुको सहकार्यमा आयोजनामा हुने आईसीटी अवार्डको छनौट प्रकृयामा १३ जना बिज्ञ जुरी सदस्य र १५ जना बिशिस्ट सल्लाहकारहरु रहेका छन्। यस वर्ष साउथ एसियाबाहेक अन्य ११ विधामा ४०० बढीको नोमिनेसन प्राप्त भएको छ भने साउथ एसिया अवार्डका लागि सेक्टेम्बर ३० तारिखसम्म नोमिनेसन खुला रहेको छ।
आईसीटी अवार्ड २०२२ को ग्राण्ड फिनाले २०७९ पुस ८ (२३ डिसेम्बर, २०२२) गते द सोल्टी काठमाण्डौमा आयोजना हुनेछ। यसैगरी प्रि–इभेन्ट क्याम्पियनका रुपमा कात्तिक तेस्रो साता देशैभरीका १०० भन्दा बढी डिजिटल स्टार्टअपहरुको प्रदर्शनी तथा मेन्टरिङ सेसनका रुपमा ‘स्टार्टअप एन्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हुनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago