काठमाण्डौ । आईसीसी विश्वकप लिग २ नेपाल नामिबिया र स्कटल्यान्डबीचको त्रिदेशिय क्रिकेट प्रतियोगिताको टिकट माइपेमार्फत खरिद गर्न सकिने भएको छ।
खेलको टिकटिङ पार्टनर रहेको माइपे डिजिटल वालेटले डिजिटल टिकट खरिदमा छुटको व्यवस्थासमेत गरेको छ। खेल आउँदो फागुन २ गतेदेखि टीयू क्रिकेट मैदान कीर्तिपुरमा सञ्चालन हुँदैछ।
क्यानले सामान्य टिकटको मूल्य रु. १५० र भीआईपी टिकटको मूल्य रु. ३५० निर्धारण गरेकोमा माइपे डिजिटल वालेटमर्फत डिजिटल खरिदमा साधारण टिकटको मूल्य रु. १३० र भीआईपी टिकटको मूल्य ३२० निर्धारण गरेको छ।
माइपेले डिजिटल टिकटलाई प्रोत्साहन गर्नका लागि टिकटमा छुटको ब्यवस्था गरेको माइपेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले जानकारी दिए।
पछिल्लो समय नेपाल टी२० लिगमा स्पट फिक्सिङका कारणले प्रतियोगिता नै विवादमा परेपछि नेपाली क्रिकेट फ्यानहरु निरुत्साहित भइरहेको बेला सस्तो मूल्यको टिकट र त्यसमा पनि छुटको ब्यवस्था गरेको माइपेले जनाएको छ। लिग २ मा नेपालले अहिलेसम्म २४ खेल खेलेकोमा ८ जित र १४ हार व्यहोरेको छ।
नेपाल १८ अंकसहित तालिकाको छैटौँ स्थानमा छ। नामिबिया ३७ अंकसहित तेस्रो र स्कटल्यान्ड ४६ अंकसहित शीर्ष स्थानमा छ। माइपेले सम्पूर्ण नेपाली क्रिकेट समर्थकलाई टीयू क्रिकेट मौदान पुगेर नेपाली खेलाडीलाई समर्थन र हौसला प्रदान गर्नसमेत आह्वान गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago