काठमाण्डौ। चीनमा सम्पन्न भएको ईसीआई अवार्ड–२०२२मा नेपालका तर्फबाट आउटरिचले प्रडक्ट एन्ड मोडल इनोभेसन एन्ड मार्केटिङ इनोभेसन गरी २ विधामा काँस्य पदक जित्न सफल भएको छ।
ग्लोबल ईसीआई अवार्डस्–२०२२को विजेताहरुको घोषणा गत ३० डिसेम्बरमा गरिएको थियो। अवार्डअन्तर्गतका तीन विधाहरु प्रडक्ट एन्ड मोडल इनोभसन, मेटाभर्स एप्लिकेसन इनोभेसन एन्ड मार्केटिङ इनोभेसनतर्फ स्वर्ण, रजत र काँस्य अवार्ड विजेता देशहरुमा हङकङ, स्विट्जरल्यान्ड/इटाली, क्यानडा, नेपाल, यूएसए/साउदी अरेबिया, ब्राजि, थाइल्यान्ड, ताइपेई सिटी, अस्ट्रेलियालगायतका देशहरु रहेका छन्।
समारोहमा ईसीआई अवार्डसका प्रेसिडेन्ट Lijun Jia (Dr. Owen) ले चीनमा चलिरहेको महामारीका कारण यो पटक सबै सहभागीलाई भौतिक रुपमा उपस्थित गराउन नसकेकोले भर्चुअल माध्यमबाट अवार्डको घोषणा गर्नुपरेको बताए।
ईसीआई अवार्डस् इन्टरनेसनल आन्टरपेनर्स, क्रिएटिभ्ज एन्ड इनोभेटर्स एसोसिएसनद्वारा स्थापना गरिएको हो। यो नवप्रवर्द्धनको प्रभावकारितालाई मानक मानेर प्रदान गरिने विश्वस्तरीय अवार्ड हो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago