काठमाण्डौ । कुमारी बैंकले बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधासहितकोे ‘गज्जबको बचत खाता’ योजना सार्वजनिक गरेको छ । 

कम्पनीले  न्युनतम मौज्दात १ हजार रुपैयाँ रहेको यस खातामा सर्वाधिक उच्च  ब्याजदर ७.५१ प्रतिशत प्रदान गर्नेुका साथै २० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा सुविधा, निःशुल्क क्रेडिट/डेबिट कार्डसमेत उपलब्ध गराउने बताएको छ ।

बीमा योजनामा १६ देखि ६५ वर्ष उमेर समुहका खातावालाले २० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा प्राप्त गर्न सक्नेछन् । उक्त योजनाको बीमा प्रदायक कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड छ ।  

कम्पनीले आफ्ना बचत खाताहरुमा थप परिमार्जन तथा स्तरबृद्धि गर्दै ग्राहकमैत्री तथा समय सान्दर्भिक बनाउँदै थप सेवा प्रदान गर्दै जाने पनि उल्लेख गरेको छ । 

दीगो आर्थिक विकासका लागि बचत परिचालन तथा स्वास्थ्य बीमा सुविधा आम मानवजिवनको  महत्वपूर्ण साधनका रुपमा विकसित हुदैं आएको सन्दर्भमा कम्पनीले दुई महत्वपूर्ण साधनहरुलाई एउटै योजनामा आबद्ध गरेको बताएको छ ।

साथै कम्पनीले न्यूनतम मौज्दात, उच्च ब्याजदर र स्वास्थ्य बीमा सुविधा तथा निःशुल्क क्रेडिट/डेबिट कार्ड समेत उपलब्ध गराएको उक्त योजना नेपाली बैंकिङ क्षेत्रमा उपलब्ध उत्कृष्ट बचत खाताहरूमा पर्ने पनि बताएको छ ।

 उक्त कम्पनीले देशभर रहेका ३०९ शाखा सञ्जाल, ३१५ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ इकाईमार्फत् ग्राहकलाई आधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।