काठमाण्डौ । निर्वाचन आयोगले स्थानीय निर्वाचनको पहिलो चरणको मतदानको मतगणना आजदेखि नै सुरु गर्ने भएको छ । 

तीनवटा प्रदेशका ३४ जिल्लाका स्थानीय निकायमा हाल निर्वाचन भइरहेको छ । केही जिल्ला र क्षेत्रमा केही घटना बाहेक मतदान शान्तिपूर्ण रुपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता सूूर्यप्रसाद शर्माका अनुसार मतदान सकिएपछि मतपेटिका स्थानीय तहको केन्द्रमा लगेर कडा सुरक्षा घेराबीच आजै मतगणना सुरु हुनेछ । 

काठमाण्डौ महानगरपालिका लगायत संभव भएका अधिकांश स्थानीय निकायको मतगणना आज रातिदेखि नै सुरु हुने शर्माले जनाएका छन् । 

यसैबीच, आयोगले केहीबेरअघि मतगणनाका लागि ११ बुँदे निर्देशन समेत जारी गरेको छ । आयोगको ११ बुँदे निर्देशन यस्तो छः