काठमाण्डौ।अनलाइन सेवामार्फत मानसिक स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन गरिरहेको अग्नि ग्रुपले शुक्रबारदेखि तीन दिने अनलाइन फिटनेस कार्यक्रम सुरु गर्दैछ।
आगामी तीन दिन आम नागरिकहरूमा महिन्द्रा नेपाल–अग्नि ग्रुपको फेसबुक पेजमार्फत प्रमाणिक परिवर्तनकारी प्रशिक्षक (होलिस्टिक ट्रान्सफर्मेसनल कोच) प्रेरणा शाहबाट अन्तक्रिर्यात्मक तथा चिन्तनयोग्य प्रत्यक्ष संवादमा जोडिन ग्रुपले आग्रह गरेको छ। यो कार्यक्रम आज १९ वैशाखदेखि २१ वैशाख आइतबारसम्म हरेक दिन दिउँसो ४ बजेदेखि ५ बजेसम्म कार्यक्रम सञ्चालन गर्न लागेको हो।
यो प्रत्यक्ष संवाद कार्यक्रमले मानिसहरूलाई आफ्नो वर्तमान जीवन शैली, योगासन, प्राणायाम एवं मानसिक तथा शारीरिक स्वास्थ्यसहित जीवनका सबै क्षेत्रका आफूले खोजेको जवाफ हासिल गर्न मद्दत पुग्ने विश्वास लिइएको छ। कार्यक्रम पूर्वमिस नेपाल श्रृङ्खला खतिवडाले सञ्चालन गर्नेछिन्।
अग्नि ग्रुपले लकडाउनका समयमा सम्मुख (फ्रन्टलाइन) मा बसेर काम गर्ने सबै जनशक्तिलाई सम्मान गर्न र जनमानसमा सकारात्मक सामाजिक सन्देश प्रवाह गर्ने दिशामा निरन्तर काम गर्दै आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago