काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त आदिम कलेजले ‘आदिम इन्नोभेसन स्टार्टअप फन्ड’ स्थापना गरेको छ।
कलेजले ब्याचलर्स अफ कम्प्युटर एप्लिकेसन (बीसीए) पढ्ने विद्यार्थीलाई लक्षित गर्दै त्यस्तो फन्ड स्थापना गरेको हो। १० लाख रुपैयाँसहित सुरु गरिएको फन्डबाट विद्यार्थीले गर्न चाहेको व्यवसाय सुरु गर्न सहयोग जुटाउन सक्नेछन्।
हिमालय होटलमा एक कार्यक्रमका बीच उद्घाटन गरिएको इन्नोभेसन फन्डबाट विद्यार्थीलाई स्वदेशमै सम्भावना र अवसर सिर्जना गर्दै उद्यमशीलतातर्फ उन्मुख गराउने कलेजका प्रिन्सिपल शंकरप्रसाद शर्माले बताए। उनले यो फन्ड पूर्ण वा आंशिक रूपमा विद्यार्थीको उत्कृष्ट इन्नोभेटिभ प्रोडक्ट वा प्रोजेक्टलाई प्रदान गर्ने र व्यवसायका लागि आवश्यक डिभाइस, सफ्टवेयर र कार्यालय सेटअपमा फन्डबापतको सहयोग विद्यार्थीले खर्च गर्न सक्ने जानकारी दिए।
इन्नोभेटिभ आइडिया तथा कन्सेप्टलाई वास्तविकतामा उतार्न फन्डले सहयोग गर्नेछ। फन्डलाई प्रोडक्टको ब्राण्डिङ र मार्केटिङमा समेत खर्च गर्न सकिनेछ। फन्डले उद्यमशीलताको यात्रा सुरू गर्न विद्यार्थीलाई प्रेरित गर्ने विश्वास लिइएको प्रिन्सिपल शर्माले बताए।
फन्ड स्थापना कार्यक्रममा उपस्थित राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले विद्यार्थीको व्यावसायिक सुरुआतमा कलेज नै सहयोगी बनेको यो पहिलोपटक भएको बताए। कलेजबाटै विद्यार्थीले व्यावसायिक फन्ड पाउँदा इन्नोभेसन र उद्यमशीलताको संस्कृति विकासमा टेवा पुग्ने उनको कथन छ। पुनले भने, '१० लाख रुपैयाँ सुरुआत भए पनि यसले अन्य सयौँलाई यस क्षेत्रमा क्रियाशील हुन प्रोत्साहन गर्नेछ।'
कार्यक्रममा प्राडा सुवर्ण शाक्यले आदिम कलेजको नवीन प्रयासले नेपालको शैक्षिक क्षेत्रमा उद्यमशीलतालाई प्रवर्द्धन गर्ने नयाँ आयाम सिर्जना गर्ने बताए। आदिम कलेजले ब्याचलरमा बीसीए, बीबीएस, बीएसडब्लूका साथै प्लस टु लेभलमा साइन्स, म्यानेजमेन्ट विषय पढाइरहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago