santosh shreshta
काठमाण्डौ । नेपाल विज्ञापन संघ (आन)का अध्यक्ष सन्तोष श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
नेपाल विज्ञापन संघ (आन)मा लामो समयदेखि सक्रिय श्रेष्ठले नेपाली विज्ञापन बजार र मिडियाको प्रतिनिधिन्व गर्दै महासंघमा बस्तुगततर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका हुन् ।
विज्ञापन बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल श्रेष्ठ डेढ दशकदेखि आनको गतिविधिमा सक्रिय छन् । आनको सचिव, महासचिव र अध्यक्ष हुँदै १० वर्षसम्म सफल नेतृत्व सम्हालेका श्रेष्ठले आगामी दिनमा महासंघलाई पनि सवल र सशक्त रुपमा अघि बढाउन पहल गर्ने उद्देश्य अनुरुप आफूूले उम्मेदवारी दर्ता गरेको बताएका छन् ।
नेपाली उत्पादनको बजारीकरण र औद्योगिक विकासको लागि संचारमाध्यम र विज्ञापनको ठूलो भुमिका हुने र त्यसको लागि आफूूले महासंघ भित्र रहेर सक्दो पहल गर्ने समेत उनले प्रतिबद्धता जनाएका छन् । विशेषगरी विज्ञापन र मिडिया रिसर्चमा राम्रो दख्खल भएका श्रेष्ठले स‘ंघमा रहेर पनि थुप्रै सुधारका कामहरु गरिसकेका छन् ।
सामाजिक कार्यमा बढी चासो राख्ने श्रेष्ठ बागमती सफाइ अभियानका पनि एक मूख्य अभियन्ता हुन् । चार वर्षदेखि बागमती सरसफाइ अभियानमा संलग्न उनी अन्य सामाजिक क्रियाकलापमा पनि उत्तिकै सक्रिय छन् । बागमती सरसफाइ अभियानको प्रचारप्रसार समितिका संयोजक रहेका श्रेष्ठको सरकार र कर्मचारीतन्त्रसँग राम्रो सम्बन्ध छ । नीतिगत सुधारका काममा सरकारसँग सहकार्य गर्नसक्ने क्षमता भएको श्रेष्ठले आगामी दिनमा महासंघ भित्र रहेर व्यवसायीमैत्री ऐन नियम निर्माणका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘महासंघ बलियो भएमात्र त्यसभित्र आवद्ध व्यवसायीहरु सुरिक्ष र सक्षम हुने हुन्,’ उनले भने, ‘महासंघमा पुगेपछि मेरो मुख्य भूूमिका भनेकै महासंघ सुदृढिकरण र व्यवसायीमैत्री ऐननियम तर्जुमा गर्न सरकारसँग पहल गर्ने हुनेछ ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago