काठमाण्डौ । काठमाण्डौ महानगरपालिकामा एमालेले आफ्नो अग्रतालाई कायम नै राखेको छ । 

पछिल्लो मतपरिणाम अनुसार एमाले मेयरका उम्मेद्वार विद्यासुन्दर शाक्यले ७ सय ५९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिदन्दी कांग्रेसका राजुुराज जोशीले ६ सय २५ मत प्राप्त गरेका छन् । 

विवेकशीलकी रञ्जुले २ सय ९२ र साझा पार्टीका किशोर थापाले २ सय ६८ मत प्राप्त गरेका छन्। 

हाल काठमाण्डौको १, २ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ ।