काठमाण्डौ । सबैले निकै चासोका साथ हेरिरहेको भरतपुर महानगरपालिकाको ताजा मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार माओवादी केन्द्रको तर्फबाट मेयरका उम्मेद्वार रेणुु दाहालले अग्रता लिने अपेक्षाविपरीत एमाले उम्मेद्वार अगाडि बढेका छन् । 

एमाले उम्मेद्वार देवी ज्ञवालीले २८ हजार ७१ मत ल्याएका छन् । उनलाई रेणुु दाहालले २५ हजार ४ सय १३ मतले पछ्याइरहेकी छिन् । माओवादी र कांग्रेसको प्रभाव रहेका वडाहरुको मतगणना भइरहँदा पनि दाहाललाई भन्दा ज्ञवालीलाई बढी मत आएपछि कांग्रेस–माओवादी नेता कार्यकर्ता निराश देखिएका स्थानीय पत्रकारहरुले बताएका छन् ।