काठमाण्डौ । शुक्रबार मध्यरातिसम्मको विराटनगर महानगरपालिका र इटहरी उपमहानगरपालिकाको ताजा मतपरिणाम प्राप्त भएको छ । 

सबैले चासोको साथ हेरिरहेको विराटनगर महानगरपालिकामा समेत कांग्रेसको अग्रता कायम छ । कांग्रेसले मेयर पदमा हालसम्म १०२३ मत पाएको छ भने एमालेले ७३१ मतले पछ्याइरहेको छ।

इटहरी उपमहानगरपालिकामा कांग्रेसले आफ्नो सुरुवाती अग्रतालाई कायमै राखेको छ । कांग्रेसको तर्फबाट मेयरका उम्मेद्वार रोहित प्रसाईले १९५५ मत प्राप्त गरेका छन् भने उपमेयरकी उम्मेद्वारले १९९७ मत पाएकी छिन् । 

इटहरीमा एमालेले मेयर र उपमेयरमै समान १५३३ मत प्राप्त गरेको छ । 

धरानमा पनि कांग्रेसको सुरुवाती अग्रता कायमै छ । कांग्रेसले मेयरमा ११९६ र उपमेयरमा १०२९ मत पाएको छ । एमालेले मेयरमा ९५५ र उपमेयरमा १००६ मत पाएको छ ।