काठमाण्डौ । सबैभन्दा ठूलो महानगर पोखरा लेखनाथको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । 

पछिल्लो अपडेट अनुसार एमालेको तर्फबाट मेयरका उम्मेद्वार मानबहादुर जिसीले १४ हजार ३ सय ९५ मत प्राप्त गरेका छन् । उनलाई कांग्रेसका रामजी कुँवरले १३ हजार ९ सय मतसहित पछ्याइरहेका छन् । 

उपमेयरमा समेत एमालेकै अग्रता कायम छ । एमालेले १३ हजार ५ सय ११ मत ल्याएको छ भने कांग्रेसले १३ हजार ८१ मत प्राप्त गरेको छ ।