काठमाण्डौ । आरविवि मर्चेन्ट  बैंकिङ लिमिटेडले जाजरकोटको नलगाड नगरपालिका ५, पोखरास्थित श्री इन्द्रधनुष प्राथमिक विद्यालयमा अध्ययनरत छात्रछात्रालाई न्यानो कपडा वितरण गरेको छ । 
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत योगदान गर्नको निमित्त जाजकोट भूकम्पमा परि उक्त विद्यालयको भवनको कोठाहरु भत्किएको तथा त्यहाँ अध्ययनरत छात्रछात्राहरु खुल्लाचौरमा पढ्न वाध्यभएको जानकारी प्राप्त भएपछि कक्षा १ देखि कक्षा ५ सम्मका १५० जना विद्यार्थीहरुलाई न्यानो कपडा (ज्याकेट र टोपी) वितरण गरिएको बताएको छ ।
आरविवि मर्चेन्ट
बैंकिङ लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित कम्पनी हो ।