काठमाण्डौ ।  रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले सातौं संस्करणअन्तर्गत आयोजना गरेको ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’ का विजेताहरुको घोषणा गरेको छ । 

शनिबार साँझ काठमाडौं राष्ट्रिय नाचघरमा सम्पन्न सिनियर र जुनियरअन्तर्गत केटा र केटी गरेर ४ विजेता चुनिएका छन् । जसअन्र्तगत आरुष भट्टराई, ब्रबिम बराल, सायुरी कडेल र अक्क्षयनी दाहाल ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’का विजेताका रुपमा घोषित भएका छन् । 

प्रतियोगीतामा सिनियर केटातर्फ आरुष भट्टराई र जुनियर केटातर्फ ब्रबिम बराल विजेता बने भने सिनियर केटीतर्फ अक्क्षयनी दाहाल र जुनियर केटीतर्फ सायुरी कडेलले उपाधि प्राप्त गर्न सफल भए । 

त्यस्तै प्रतियोगीतामा जुनियर केटातर्फ सम्भव जैन फष्ट रनअप, आर्देन सुवेदी सेकेन्ड रनरअप, सिनियर केटातर्फ भियोम गोयल फष्ट रनरअप र आरजय कोइराला सेकेन्ड रनरअप बन्न सफल भए । 

त्यसैगरी, प्रतियोगीतामा सिनियर केटीतर्फ सावलिन महर्जन फष्ट रनरअप र दृष्टि शाह सेकेन्ड रनरअप बने भने जुनियर केटीतर्फ सदीक्षा जिसी फष्ट रनरअप र राधिका गोयल सेकेन्ड रनरअपको उपाधि प्राप्त गर्न सफल भए ।  

विजेताहरुले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवसर र दावा एचएमसी नेपाल प्रालिको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरे । 

दावा टेक्नोलोजी एचएमसी नेपाल प्रालिको मुख्य प्रायोजन रहेको प्रतियोगिताको हेयर एण्ड मेकअप पार्टनरको रुपमा मन्जुमेकअप स्टुडियो रहेको थियो । 

प्रतियोगितामा ७ वर्षदेखि १३ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागिता थियो ।