काठमाण्डौ । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभका संस्थापक (फाउन्डर) तथा सीईओ आर्सेन टम्स्कीले आफ्नो पुस्तक ‘इनड्राइभरः फ्रम साइबेरिया टु सिलिकन भ्याली’को अनुवादित संस्करण जारी गरेका छन्। 

यो पुस्तक अब अंग्रेजी, स्पेनिस, पोर्चुगिज भाषापछि नेपालीमा उपलब्ध भएको छ र नेपाली भाषामा यसको पहिलो संस्करण सार्वजनिक गरिएको छ।

काठमाण्डौमा मंगलबार एक पत्रकार सम्मेलनमा पुस्तकको लोकार्पण गरिएको हो। विमोचन कार्यक्रममा बोल्दै इन्ड्राइभका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आर्सेन टम्स्कीले भने, ‘पाठकसँग मेरो यात्रा अनुभव साझा गर्न पाउँदा म धेरै नै खुसी छु। इनड्राइभको जग र विकास मेरो लागि व्यावसायिक प्रयास मात्र होइन, एउटा गहिरो व्यक्तिगत र भावनात्मक यात्रा पनि हो जसले मेरो जीवनलाई आकार दिएको छ र यसको विकासको बारेमा लेख्नु परिवर्तनकारी भएको छ। र, म यस कार्यमा तपाइँहरुलाई निमन्त्रणा गर्न पाउँदा उत्साहित छु। सबैजनालाई आफूसँगै यो साहसिक कार्यको अनुभव लिन स्वागत गर्दछु।’

पुस्तकले आर्सेनको जीवन कथालाई अनावरण गरेको छ। साइबेरियामा जीवनको कठोर वास्तविकताहरु नेभिगेट गर्नेदेखि लिएर दृढ आत्मविश्वासका साथ प्राविधिक उद्यमशीलताको क्षेत्रहरुमा प्रवेश गर्ने विषयहरु समावेश छन्। कथाले उतार चढाव, जोखिम र पुरस्कारका साथै आर्सेनको यात्रालाई आकार दिने निर्णायक क्षणहरुलाई कैद गरेको छ। 

प्रविधि आविष्कारको केन्द्रविन्दु, अवसर दुर्लभ देखिने याकुतियामा भएको विनम्र सुरुआतदेखि सिलिकन भ्यालीसम्म आर्सेनको जीवन कथा एउटा लगनशीलता, सामूहिक भावनायुक्त कार्य र नवप्रवर्तनको शक्तिका लागि प्रेरणादायी प्रमाण हो।

‘इनड्राइभरः साइबेरियाबाट सिलिकन भ्यालीसम्म’ एक आकर्षक कथा हो। जसले अटल मानव भावना, सपनाहरुको खोजी र नवीनताको शक्तिलाई सहजरुपमा भन्दछ। यस प्रेरणादायक पुस्तकले पाठकहरुलाई उनीहरुको पृष्ठभूमि वा परिस्थितिको फरकपनाले कुनै असर नपारिकननै उनीहरुको भाग्यको जिम्मा लिन उत्प्रेरित र मोहित गर्नेछ।